कावासोतीमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु

कावासोती । कावासोती ८ को खरकट्टा जंगलमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा देवचुली १६ निवासी २९ वर्षिय केशव महत्तोको मृत्यु भएको हो ।
पूर्व पश्चिम राजमार्गको कावासोतीबाट रजहरतर्फ जाँदै गरेको लु २ ख ४१६६ नं को टिप्पर बिग्री साईडमा रोकी राखेको अवस्थामा सोही दिशा तर्फ जाँदै गरेको ना ३८ प १२७५ नं को मोटरसाइकल चालक महत्तोले नियन्त्रण गुमाई टिप्परमा ठक्कर खान जाँदा भएको सवारी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक देवचुली-१६ का केशव महतोलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पु¥याएको थियो । अस्पताल पुग्न साथ उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।