नारायणीले बगाएर ल्याएको दाउरा निकाल्न जाँदा बेपत्ता भएका व्यक्तिको शव फेला

२०८१ फाल्गुण ३ शनिबार १२:३३:०० मा प्रकाशित

चितवन । नारायणी नदीमा गत माघ २६ गते दाउरा निकाल्न जाँदा बेपत्ता भएका एक व्यक्तिको शव शुक्रवार फेला परेको छ ।

भरतपुर–१७ बस्ने वर्ष ३५ को राजन सार्कीको शव घटनास्थलबाट करिब ३ किमी तल भरतपुर-१८ स्थित हरिहर पार्क नजिक फेला परेको प्रहरीले बताएको छ ।


माघ २६ गते दिउँसो करिब साढे १२ बजेको समयमा भरतपुर-१७ स्थित दियालो सामुदायिक वनको पछाडि नारायणी नदीको भंगालोमा नदीले बगाएर ल्याएको दाउरा निकाल्न जाँदा नदीमा डुबेर सार्की बेपत्ता भएका थिए । उनीसँगै गएका ३२ वर्षीय बुद्धि बहादुर नेपाली भने सकुसल फर्किएका थिए ।सार्कीको शवलाई उनको मामा भरत सार्कीले सनाखत गरेका हुन् ।