पठन संस्कृती अभियानको १० औं श्रृङ्खलामा गायत्री अधिकारीद्वारा लिखित वर्तमान उपन्यास विमोचन
2025-02-09-03-42-44.jpeg)
गैँडाकोट । पठन संस्कृति अभियानको १० औँ श्रृङ्खलामा गायत्री अधिकारीद्वारा लिखित वर्तमान उपन्यास विमोचन गरिएको छ ।
विजय विकास स्रोत केन्द्र गैंडाकोटमा आयोजित कार्यक्रमका प्रमुख अतिथि एलबी क्षेत्री, गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी र पठन संस्कृति अभियानका संयोजक त्रिलोचन सापकोटाले पुस्तक विमोचन गर्नुभएको हो । अधिकारीको यसअघि निर्णय कथासङग्रह प्रकाशित छ ।
विजय सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडले गत वैशाखयता पठन संस्कृति अभियान चलाइरहेको छ । कार्यक्रममा पुस्तक चर्चा सँगसँगै भ्रमण अनुभव पनि सुनाउने गरिन्छ । शनिबार आयोजित कार्यक्रममा गैंडाकोट निवासी शंकर आचार्यले बागलुङ यात्राको वृतान्त सँगसँगै बागलुङको स्थान परिचय प्रस्तुत गर्नु भयो । त्यसैगरी युनाइटेड तक्षशिला एकेडेमीमा कक्षा ११ मा अध्ययनरत संसार सापकोटाले युवाहरू तथा बौद्धिक जनशक्तिको विदेश पलायन र यसले पारेको सामाजिक प्रभाव बारेमा चर्चा गर्नुभयो ।
त्यसैगरी लेखराम सापकोटाले कोरियन लेखक हान काङको भेजिटेरियनझ उपन्यासको चर्चा गर्नुभयो । त्यसैगरी आदर्श सिग्देलले अङ्ग्रेजी किताब इकिगाइझ, मेनका चापागाईंले सिर्जन अविरलको तथागत र उदय अधिकारीले गोविन्दराज विनोदीको कैकेयी महाकाव्यको चर्चा गर्नुभयो ।
पठन संस्कृति अभियानमा युवापुस्तालाई समेटेर अगाडी बढ्न आवश्यक भएको कथाकार, कवि तथा साहित्यकार एल.बी क्षेत्रीले बताउनुभएको छ । आज पठन संस्कृती अभियानको १० औं श्रृङ्खला विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको कार्यक्रममा बोल्दै उहाँले अहिलेको सामाजिक आवश्यकताको कार्यक्रम भएकाले युवा पुस्ता र विद्यार्थीलाई समेटेर अगाडी बढ्नपर्ने बताउनुभयो । संस्थाले यसरी कार्यक्रमको धारणा लिएर कार्यक्रम गर्नु सराहनिय कार्य भएकाले फरक र राम्रो कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा एलबी क्षेत्रीले पठन संस्कृति अभियान जस्ता कार्यक्रमले बौद्धिक विकास हुने बताउँदै देशव्यापी रूपमा यस्ता कार्यक्रमहरू हुनुपर्ने बताउनु भयो । पठन संस्कृति अभियानमा विद्यार्थीहरूको सहभागिता गराउन उहाँले सुझाव दिनुभयो । हामीले साहित्यकार एलबी क्षेत्रीलाई पढाइको विकास कसरी गराउने भनि कुराकानी गरेका छौं ।
क्षेत्रीले पठन संस्कृती अभियानले पढ्ने बानीको विकास गराउनुका साथै यस्तो कार्यक्रम राख्नाले पुस्तकसम्बन्धी एकअर्काकोे धारणा पनि थाहा पाउन सकिने बताउनुभयो । उहाँले पठन संकृतिको प्रशंसा गर्नुका साथै यस्तो कार्यक्रममा विद्यार्थीहरुलाई पनि समावेश गराउनुपर्ने बताउनुभयो । क्षेत्रीले पढ्नका लागि उमेरले नछेक्ने, परिवेशअनुसार पुस्तक पढ्नुपर्ने, पढ्दा गाइडभन्दा टेक्स्ट बुकबाट धेरै कुराहरु सिक्न सकिने हुदाँ टेक्स्ट बुकलाई जोड दिनुपर्ने बताँउनुभयो । त्यस्तै उहाँले दैनिकी पढिने पुस्तक मात्र नभएर सानैदेखि साहित्यिक पुस्तकहरु पढ्ने कुरामा जोड दिनुपर्ने विभिन्न ठाँउको अवलोकन गर्नुपर्ने बताउनुभयो ।
गैंडाकोटमा पहिलोपटक सञ्चालनमा आएको पठन संस्कृती अभियान १० औं श्रृङ्खलासम्म आइपुग्दा धेरै ठाँउमा सञ्चालन हुँदै आएको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभयो । सापकोटाले पठन संस्कृती अभियान १२ औं श्रृङ्खला सम्पन्न भएपश्चात विशेष श्रृङ्खला गर्ने बताउनुभयो ।
कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदी, विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाका उपाध्यक्ष गिरिराज लम्साल, सचिव भानुभक्त रिमाल, विकूका अध्यक्ष प्रेमप्रसाद सापकोटा लगायतकोे उपस्थिति रहेको थियो ।
गत वैशाख १५ गतेबाट सकरात्मक सोच र चिन्तनको विकास गराउन मद्दत पु¥याउने उद्देश्यले विजय एफएम र विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले पठन संस्कृति अभियान सुरु गरिएको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभएको छ । यस अभियानमा विजय विकास स्रोत केन्द्र सहयोगी संस्थाको रुपमा रहेको छ ।