कन्टिनेन्टल बोर्डिङ स्कुलमा भोलि मल्टी कल्चर मिङ्गल फेस्टो हुने

गैँडाकोट । कन्टिनेन्टल बोर्डिङ स्कुल गैंडाकोट २ मा भोलि शनिबार दिउँसो साढे १ बजेदेखि मल्टी कल्चरल मिङ्गल फेस्टो (विविध प्रदर्शनी) हुने भएको छ । विद्यालयको आयोजनामा शैक्षिक सामाग्री, व्यावहारिक सिप तथा समुदायका बिबिधताको बारेमा विद्यार्थी तथा अभिभावकले जानकारी पाउने विद्यालयका प्राचार्य विनोद पौडेलले बताउनुभयो ।
यसैगरी यही माघ २० गते आइतबार विहान ११ बजेदेखि कन्टिनेन्टल बो .स्कुल र जन जागृति महिला समूहको संयुक्त आयोजनामा गैंडाकोटका महिला तथा आमा समूहविच लोक नृत्य प्रतियोगिता सम्पन्न हुँदै छ ।
साथै २१ गते सोमबार बिहान ७ बजेदेखि सरस्वती पूजा, प्रसाद ग्रहण तथा कलिला बाबुनानीका लागि अक्षरारम्भ कार्यक्रम भएकोले उपस्थितीका लागि विद्यालयका प्राचार्य विनोद पौडेलले अनुरोध गर्नुभएको छ । गैँडाकोट २ मा रहेको यो विद्यालय अभिभावक र विद्यार्थीको पहिलो रोजाइको विद्यालय हो । साना बालबालिकाका लागि विशेष छुटको व्यवस्था सहित अक्षरारम्भम्भको कार्यक्रम रहेको पनि पौडेलले बताउनुभएको छ ।