विजय एफएमको आयोजनामा विजय लिटल च्याम्प्स् हुँदै

गैँडाकोट । बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले गैँडाकोटमा विजय लिटिल च्याम्प्स नृत्य प्रतियोगिता २०८१ हुन लागेको छ । अघिल्लो वर्ष जस्तै यस वर्षपनि विजय एफएमको आयोजनामा प्रतियोगिता हुन लागेको हो । विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि गरिएको प्रतियोगिता माघ २० गते आइतबार हुनेछ ।
यस प्रतियोगितामा गैँडाकोटका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहने विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभएको छ । अमरापुरी पार्टी प्यालेस गैँडाकोट १५ मा हुने कार्यक्रम माघ २० गते आइतबार विहान ११ बजेबाट सुरु हुनेछ ।
यस प्रतियोगितामा गैँडाकोट नगरपालिका भित्र रहेका आधारभूत तह (कक्षा १ देखि ५ सम्म) का विद्यार्थीले सहभागिता जनाउनेछन् । हरेक विद्यालयबाट १ जना छात्र र १ जना छात्रा गरि २ जनाले युगल नृत्य गर्नेछन् । यस प्रतियोगितामा नेपाली तथा नेपालभित्रकै स्थानीय भाषाको गीतमा नृत्य गर्नुपर्ने मापदण्ड बनाइएको कार्यक्रम संयोजक माया कंडेलले बताउनुभएको छ । कंडेलका अनुसार नृत्यको समय ४ मिनेट भित्रको हुनेछ ।
प्रतियोगितामा प्रथम पुरस्कार २० हजार रुपैँया, द्वितीय पुरस्कार १५ हजार रुपैँया, तृतीय पुरस्कार १० हजार रुपँैया र सान्त्वना पुरस्कार ३ हजार रुपैँया रहेको रेडियोका अध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभएको छ । विद्यालयहरुले तीनसय रुपैँया रजिष्ट्रेशन शुल्क सहित माघ १५ गते भित्र विद्यालयको लेटरहेडमा विद्यार्थीको नाम, शिक्षक प्रतिनिधिको नाम, गीतको बोल नाम उल्लेख गरि दर्ता गर्नुपर्ने कार्यक्रम संयोजक माया कंडेलले बताउनुभएको छ ।
सामुदायिक रेडियो विजय एफएम १०१.६ ले विगत दुई दशकदेखि बालबालिकाहरूको प्रतिभा प्रष्फुटनका लागि विभिन्न रेडियो कार्यक्रम तथा अन्य कार्यक्रम गर्दै आएको हुँदा त्यसैको निरन्तरता स्वरुप विजय लिटिल च्याम्प्स आयोजना गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो । माघ २० गते हुने नृत्य प्रतियोगितामा राष्ट्रिय कलाकारको पनि उपस्थिति रहनेछ ।
विजय लिटिल च्याम्प्स प्रतियोगितामा आफ्नो व्यवसाय प्रवर्धनका लागि सहकार्य गर्न इच्छुक व्यवसायिक तथा सामाजिक संस्थाहरुले माघ १८ गतेभित्र विजय एफएममा सम्पर्क राख्नुहुन विजय एफएमका बजार प्रमुख रुपाकुमारी गिरिले सम्पूर्णमा आग्रह गर्नुभएको छ ।
प्रतियोगिता सम्बन्धी अन्य जानकारीहरू
- प्रतियोगिता हुने मिति, समय र स्थान : २०८१ माघ २० गते, विहान ११ बजे, अमरापुरी पार्टी प्यालेस गैँडाकोट १५
- नृत्य गर्ने विद्यार्थी : आधारभूत तह (कक्षा १–५) का १ जना छात्र र १ जना छात्रा गरि २ जना । युगल नृत्य ।
- नेपाली तथा नेपालभित्रकै स्थानीय भाषाको गीतमा नृत्यु गर्नुपर्नेछ ।
- नृत्यको समय ४ मिनेट बढाउन पाइने छैन ।
- विद्यार्थीको नाम, गीत, शिक्षक प्रतिनिधिको नाम र रजिष्ट्रेशन शुल्क (रु ३००) वि.सं. २०८१ माघ १५ गते अपरान्ह ४ बजेसम्म गर्नुपर्नेछ । इमेल : vijayafm101.6@gmail.com
- प्रथम पुरस्कार : रु २०,०००।– (शिल्ड र प्रमाणपत्र)
- द्वितीय पुरस्कार : रु १५,०००।– (शिल्ड र प्रमाणपत्र)
- तृतीय पुरस्कार : रु १०,०००।– (शिल्ड र प्रमाणपत्र)
- सान्त्वना पुरस्कार : रु ३,०००।– (शिल्ड र प्रमाणपत्र)
- सम्पर्क समन्वय : ९८५५०५६८०२ (कार्यक्रम संयोजक : माया कंडेल)
रजिष्टेसन शुल्क बुझाउन यस स्क्यानको प्रयोग गर्न सक्नुहुनेछ ।