विजय सामुदायिक सूचना तथा सञ्चार सहकारीको २४औं साधारण सभा शनिबार हुदैँ

२०८१ माघ ११ शुक्रबार १८:५७:०० मा प्रकाशित

गैँडाकोट । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड गैंडाकोट ८ को २४ औँ वार्षिक साधारण सभाको तयारी पुरा भएको छ । विजय विकास स्रोत केन्द्रको सभाहलमा भोली शनिवार दिउँसो ४ बजेदेखि साभारण सभा हुने सहकारीका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो ।

‘सत्य तथ्य सूचनाको सञ्चार, जनसशक्तीकरणको मूल आधार’ भन्ने भावलाई आत्मसात् गर्दै विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाको स्थापना भएको हो ।

संस्थाले सामुदायिक रेडियो विजय एफएम र विजय खबर पत्रिका सञ्चालन गरेको छ । स्थापनाकालदेखि नै सञ्चारका यी दुवै माध्यमबाट समाजमा सुशासन, विकास, सकारात्मक सोच, सकारात्मक सोचका लागि जागरण र समाजमा सूचनाको पहुँच स्थापित गर्नका लागि निरन्तर सूचना प्रवाह गर्दै आइरहेको स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो ।