वार्षिक १० लाख मानिस अवलोकनका लागि पुग्दै जावलाखेलको सदर चिडियाखान

२०८१ पौष २७ शनिबार ०८:४९:०० मा प्रकाशित

काठमाडौँ  नेपालको एक मात्र ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानाामा वार्षिक १० लाख मासिन अवलोकनका लागि पुग्ने गरेका छन् । वि.सं. १९८९ सालमा तत्कालिन प्रधानमन्त्री जुद्ध शमशेरले निजी चिडियाखानाको रूपमा यो चिडियाखाना स्थापना गर्नुभएको थियो ।

विसं २०११ सालदेखि सर्वसाधारणका लागि खुला गरिएको यो चिडियाखानामा घुम्न जाने मानिसको सङ्ख्या बर्सेनि बढ्दो छ । नेपालमा लोप हुन लागेका सूचीकृत दुर्लभ वन्यजन्तुहरूमध्ये एक सय २४ प्रजातिहरूलाई चिडियाखानाले संरक्षण गरी, प्रदर्शनीमा राखेको छ । हाल यो चिडियाखानामा ८ सय ३७ वटा जनावर रहेका छन् ।

बालबालिकालाई मनोरञ्जनका साथै वन्यजन्तुको पनि ज्ञान दिन अधिकांश अभिभावककले छोरोछोरी लिएर चिडियाखाना पुग्ने गरेका छन् । कतिपय आफ्नो अध्ययन र अवलोकनका लागि पनि यहाँ आउने गरेका छन् ।