सन्दिप सापकोटाको कविता “आमा”
झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्
भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन् ।
जिन्दगी बन्छ आमाले खाएको गाँसगाँसमा
सिर्जना मूल हुन् आमा स्रष्टाको इतिहासमा ।
कोखबाट निकालेर यो धर्ती टेक्न लगाउँछिन्
तातेताते भनी मिठो तोतेबोली सिकाउँछिन् ।
काखमा राखेर नानी कहिले गीत गाउँछिन्
बच्चा सुतोस् भनी आमा हातले थुम्थुम्याउँछिन् ।
सन्तानकै साथमा खेल्छिन् काखकाखै नचाउँछिन्
आमाले नै विद्याको सृष्टिलाई बचाउँछिन् ।
धर्तिमै छ सबै चिज खोजे मिल्छ घरी घरी
जन्म दिने आमा पाइदैन खोजेर कसै गरी ।
कक्षा ८
सरस्वती निकेतन आमावि, गैँडाकोट १