सपना कँडेलको कविता “विहानी”
पूर्वबाट बिहानीमा लाली चढ्दै आयो
नयाँ जोस, नयाँ जाँगर जीवनले पायो ।
सुस्ताएका चराहरू चिर्विर गर्न थाले
कुखुरी काँ गर्दै बास्यो कुखुराको भाले ।
पग्लिएर बग्न थाल्यो तुसारोको खात
परिश्रमी मानिसका चल्न थाले हात ।
सबै घरमा उत्साहका नयाँ दीप जले
मिहिनेती किसानका हात पाउ चले ।
लाली चढ्यो आकाशको पूर्व दिशातिर
बिहानीले भन्न थाल्यो उठाऊ अब शिर ।
लोसेपना भाग्यो अनि जाँगर चल्न थाल्यो
बिहानीले उत्साहको नयाँ बत्ती बाल्यो ।
कर्म गर्ने मानिसहरू कर्मतिर लागे
जीव, जन्तु, जनावर सबैतिर जागे ।
कक्षा ६
सरस्वती निकेतन आमावि, गैँडाकोट १