पठन संस्कृति अभियान; अध्ययनको महत्व पुस्तान्तरण गर्नु आवश्यक छ : लेखक घिमिरे

२०८१ मङ्सिर २९ शनिबार १९:२४:०० मा प्रकाशित

गैँडाकोट । लेखक तथा अनुवादक सुभाष घिमिरेले विजय एफ.एम गैंडाकोटले सञ्चालन गर्दै आएको पठन संस्कृती अभियान उत्कृष्ट रहेको बताउनुभएको छ । यो अभियानले समाजमा पढ्न उत्प्रेरित गर्ने हुँदा पनि बिशेष र उत्कृष्ट अभियान भएको उहाँको भनाई छ । 


पठन संस्कृति अभियानको ९ औं श्रृखंलामा घिमिरेले पढ्नु अत्यावश्यक रहेको बताउनुभएको छ । घिमिरेले विदेशमा भाषाकै कारणले दुख पाएको आफ्नो  वैदेशिक अनुभव सुनाउनुभयो । कार्यक्रममा हरेक लेखक र श्रष्टाका पुस्तकले सँगै आफ्नो पुस्तकले पनि स्थान पाउँदा खुसी लागेको बताउनुभयो । घिमिरेले पढाइको महत्व कति रहेको छ भन्ने विषयमा पुस्तान्तरण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले पठन संस्कृती अभियान भने जस्तै आफ्नो संयोजकत्वमा खुल्ला पुस्तकालयको अभियान सञ्चालन गरेको बताउनुभयो । 


घिमिरेले पठन संस्कृति अभियानलाई देशव्यापी बनाउनु पर्दछ भन्ने उदेश्य समेत लिनुभएकोे छ । समाजमा यस अभियानले पठन संस्कृतिको विकास गराउन ठूलो मद्धत मिल्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ ।

लेखक तथा अनुवादक घिमिरेले नेपाली साहित्यलाई अंग्रेजीमा अनुवाद गरेर नेपाली साहित्यलाई फराकिलो बनाउन ठुलो योगदान दिनुभएको छ ।


पठन संस्कृती अभियानको ९ औं श्रंखलामा साहित्यीक प्रेमीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा गोविन्दराज विनोदीले अनुश्रुवा, संसार सापकोटाले लेखक निलम कार्की निहारीकाको योगमाया, रञ्जना लामिछानेले अमर न्यौपानेको गुलाबी उमेर, धर्म सापकोटाले रिचर्ड किओसौरीको रिच ड्याड पोर ड्याड , लेखक उदय अधिकारीले कैशाल कोइरालाको शास्त्र, विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्ण सापकोटाले गोविन्द वन्दिको संक्रमणकालीन न्यायको बारेमा चर्चा परिचर्चा गर्नुभएको थियो ।


कार्यक्रममा सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटा, चित्रकार भिमप्रसाद शर्मा लगायतको उपस्थिती रहेको थियो ।


सामुदायिक रेडियो विजय एफएम १०१.६ को आयोजनामा भइरहेको कार्यक्रमले समुदायमा पठन संस्कृतिको विकास गराउन मद्दत गरेको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो । यस अभियानले सकारात्मक सोच र चिन्तनको विकास गराउन मद्दत पु¥याउने सापकोटाकोे विश्वास रहेको समेत बताउनुभएको छ । पठन संस्कृती अभियानमा विजय विकास स्रोत केन्द्र सहयोगी संस्थाको रुपमा रहेको छ ।