रास्वपा सभापति रवि लामिछानेको बयान अब आइतबार ।

२०८१ मङ्सिर १४ शुक्रबार २०:३८:०० मा प्रकाशित

काठमाण्डाँै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालय, काठमाडौँमा आजको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा आज बिहानदेखि लामिछानेको बयान लिइएको थियो । आइतबार बयानलाई निरन्तरता दिनेगरी आजको लागि बयान सकिएको बताइएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कार्तिक २ कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ पर्नुभएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध मंसिर २ गते पक्राउ अनुमति जारी भएको थियो । उहाँलाई हिजो साँझ काठमाडौँ ल्याइएको थियो ।