त्रिवेणी सूर्यभक्त पतनादेवी स्मृति वाङ्मय पुरस्कार भट्टराईलाई
 
    
नवलपरासी पूर्व । त्रिवेणी साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने गरी वरिष्ठ समाजसेवी दाता श्री मदनभक्त अधिकारी (हाल गैँडाकोट नगरपालिकाका मेयर) द्वारा संस्थापित “त्रिवेणी सूर्यभक्त पतनादेवी स्मृति वाङ्मय पुरस्कार – २०८१“ नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव, वरिष्ठ पत्रकार एवं भाषा विद डा. तुलसी भट्टराईलाई प्रदान गरिने भएको छ ।
नगद ३३ हजार ३ सय ३३ रुपैँया राशिको उक्त पुरस्कार यही मङ्सिर २० गते स्व सूर्यभक्तको स्मृति दिवसको दिनमा गैँडाकोट नगरपालिकाको सभा कक्षमा विशेष कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिने व्यहोरा त्रिवेणी साहित्य प्रतिष्ठानका सचिव रामहरि शर्माले जानकारी दिनुभएको छ ।
 
															 
                             
                             
                             
                             
                            
                            
                            
                             
											 
											 
											 
											 
											 
											 
											 
                            