सहयात्री साकोसको २९ औँ वार्षिक साधारण सभा सम्पन्न
गैँडाकोट । सहयात्री बचत तथा ऋण सहकारी संस्था गैंडाकोट ७ को २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गैंडाकोट ७ स्थित सहयात्री बचत तथा ऋण सहकारीको प्रा∙णमा सम्पन्न साधारण सभामा प्रमुख अतिथि गैंडाकोट नगरपालिका ७ का हुमनाथ सापकोटाले संस्थालाई अगाडि बढाउनका लागी सदस्य सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
सहयात्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भीमप्रसाद सापकोटाले समाजमा आधारित विभिन्न कार्यक्रमहरु गर्दै आएको र सदस्यहरुलाई अÇठ्यारो परेको अवस्थामा ऋण दिँदै आएको बताउनुभयो । त्यस्तै अगाामी दिनहरुमा सदस्यहरूलाई सहुलियतमा ऋण प्रदान गर्ने र आर्थिक मन्दीको प्रभावलाई सदस्यहरुको सल्लाहमा कम गराउने बताउनुभएको छ ।
संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव साबित्रा खवासले संस्थाले प्रविधी अंगिकार गर्दै क्लाउड बेसमा सञ्चालित लेखा सफ्टवेयर सञ्चालन गरेको र आफ्नै नाममा मोबाइल बैँकिड्ड सेवा सुरुवात गरी बिल भुक्तानी सेवा, रिचार्ज सेवा प्रदान गरेको बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष मीनप्रसाद सापकोटाले सहयात्री बचत तथा क्रण सहकारी संस्थाले २०८१ आषाढ मसान्तसम्म शेयर पूजीँ, जगेडा लगायत अन्य कोषहरुको गणना गर्दा २ करोड ६५ लाख ११ हजार ४ सय ५८ रुपैयाभन्दा बढी पूँजीकोष निमार्ण गरेकोे बताउनुभयो । संस्थाले १० करोड ७७ लाख ८५ हजार ८ सय ५४ बचत र १० करोड २२ लाख ३४ हजार ८ सय ९२ रुपैयाँ ऋण लगानी गरेकोे बताउनुभयो । संस्थाले ३० लाख ११ हजार २ सय सञ्चालन मुनाफा गरेको छ ।
कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक अनिता पौडेल घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष राजेन्द्र पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष राजेन्द्र पौडेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विशिष्ट अतिथी संस्थापक अध्यक्ष गोविन्द सापकोटा, सहकारी समन्वय मञ्च गैंडाकोटका उपाध्यक्ष खगराज सापकोटा, पूर्व अध्यक्ष तारा त्रिपाठी, जिवनाथ कंडेल, सूर्यदीप नारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीपा सापकोटा, नारायणी माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष इश्वरीप्रसाद चापागार्इं , समाजसेवी नारायण पौडेल, गुरुप्रसाद कंडेल, प्रेम सापकोटा, आत्माराम पौडेल, विरभद्र सापकोटा, जनप्रतिनिधि धनबहादुर कुमाल लगायतको उपस्थिती रहेको थियो ।