जलुके खानेपानीको बचत ५ लाख ८६ हजार
गैँडाकोट । जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट को २३ औँ साधारण सभा सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शम्शेर आदर्श माध्यमिक विद्यालयको प्राड्डणमा सम्पन्न साधारण सभामा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले जलुके खानेपानीले गैँडाकोट बासीलाई स्वच्छ पानी उपलब्ध गराएको र भविष्यमा पनि आफ्नो कार्य सञ्चालनलाई निरन्तरता दिँदै अगाडि बढ्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । जड्डलको संरक्षण नगर्दा पानीको स्रोत घट्ने हुँदा जल र जड्डलको संरक्षण गर्न आवश्यक रहेको समेत उहाँले बताउनुभयो ।
जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जगन्नाथ पौडेलले खानेपानीको माग दिनप्रतिदिन बढ्दै गएका कारण जलुके मुहानको पानीको स्रोत कम हुँदै गएको बताउनुभयो । संस्थाका सचिव शालिकराम आचार्यले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले खानेपानीको सुविधालाई सुधार विस्तार गरी निरन्तर सेवा पु¥याउनु, संस्थाको संस्थागत उन्नती गर्नु, गुणस्तरयुक्त खानेपानी वितरण गर्नु, प्रविधीको उच्चतम प्रयोग गर्नु, साधनको खोजी गरी दक्ष जनशक्तिद्धारा कार्य सम्पादन गर्नुका साथै संस्थागत गतिविधीलाई उपभोक्ता माझ पुर्याउनु, संस्थाको मुख्य उदेश्य रहेको बताउनुभयो ।
कोषाध्यक्ष चिनीमाया श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०÷०८१ मा संस्थाले ९६ लाख ४९ हजार १८० रुपैँया आम्दानी गरेको छ । प्रशाासनिक र निर्माण तर्फ गरी ९० लाख ६२ हजार ३०३ रुपैँया खर्च गरेको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । जलुके खानेपानीको स्थिर सम्पत्ति ३ करोड १० लाख ९४ हजार ३ सय ३० रुपैँया छ । यस वर्ष यस संस्थाले ५ लाख ८६ हजार ८ सय ७६ रुपैँया बचत गरेको समेत श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा लेखा समिति संयोजक विश्वराज लम्सालले लेखा प्रतिवेदन, अनुगमन तथा मूल्याङ्कन समितिका सदस्य आत्मराम पाठकले अनुगमन समिति प्रतिवेदन, खानेपानी सुरक्षा उप समितिका संयोजक मेघनाथ पौडेलले खानेपानी सुरक्षा सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख शम्भु खनाल, गैँडाकोट वडा नं १ का वडा अध्यक्ष सूरेन्द्र प्रसाद रेग्मी, नगर खानेपानी बोर्डका अध्यक्ष विष्णु प्रसाद सापकोटा, संस्थाका सल्लाहकार लालमणी पौडेल, गैँडाकोट पम्पिङ् खानेपानी उपभोक्ता संस्थाका सचिव केशवराज शर्मा पौडेल, रोटरी क्लब अफ मिडटाउनका अध्यक्ष केशवराज भुर्तेल, विकू वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटा, उपभोक्ताको तर्फबाट रामचन्द्र सिग्देल र सरिता हुमागाईँ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष जगन्नाथ पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सहजीकरण सचिव शालिकराम आचार्यले गर्नुभएको थियो ।