आयुर्वेदिक औषधिको उत्पादन बढाउन स्वास्थ मन्त्रालयको आग्रह
काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आयुर्वेदिक औषधिको उत्पादन बढाउन आग्रह गर्नुभएको छ । सिंहदरबार वैद्यखाना विकास समितिको वार्षिकोत्सव, राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीका अवसरमा आयोजित कार्यक्रममा उहाँले तत्काल उत्पादन वृद्धि गर्न सुझाव दिँदै आयुर्वेदिक औषधिको बजार व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता जनाउनुभयो । मन्त्री पौडेलले औषधि बिक्रीका लागि व्यवस्थित वातावरण बनाउन मन्त्रालय तयार रहेको र सबै स्थानीय तहमा स्वदेशी आयुर्वेदिक औषधि बिक्री वितरणको व्यवस्थापन मिलाई विदेशी उत्पादनलाई प्रतिस्थापन गर्न सकिने बताउनुभयो ।