करिब १७ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै 

२०८१ कार्तिक १४ बुधबार १८:१४:०० मा प्रकाशित


काठमाण्डाँै । सरकारले १० देखि १४ वर्ष उमेर समूहका किशोरीका लागि आउँदो माघमा पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी’ खोप अभियान चलाउने भएको छ । विद्यालयमा ६ देखि १० कक्षासम्मका र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो । यो उमेर समुहका १६ लाख ८८ हजार किशोरीले एचपीभी खोप लगाउने अनुमान गरिएको उहाँले बताउनुभयो ।

सरकारले यसअघि सात प्रदेशका एक÷एक वटा सङ्घीय अस्पतालमा नमूनाका रूपमा अभियान सञ्चालन गरी नौ हजार नौ सय ९९ किशोरीलाई ‘एचपीभी’ खोप लगाएको थियो । सरकारले निःशुल्क दिन लागेको लागेको यो खोपको बजार मूल्य ६ हजार रुपैयाँ रहेको छ । नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको विभिन्न अध्ययनले देखाएका छन् ।