गैंडाकोटमा बालमैत्री स्थानीय शासन प्रबद्धन तथा व्यवस्थापन कार्यक्रम सम्पन्न
सामाजिक विकास कार्यालय कावासोतीको आयोजना र गैंडाकोट नगरपालिका को संयोजनमा बालमैत्री स्थानीय शासन प्रबर्द्धन तथा व्यवस्थापन कार्यक्रम अन्तरगत अभिमुखीकरण कार्यक्रम मंगलबार गैंडाकोटमा सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि गेंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले आगामी कार्यपालिकाको बैठकले नगरपालिकालाई बालमैत्री स्थानीय शासन कार्यान्वयनको निर्णय गर्ने बताउनुभयो । त्यसैगरि कार्यक्रमका विशिष्ट अतिथि सामाजिक विकास कावासोतीका अधिकृत कृष्ण प्रसाद पौडेलले बालमैत्री स्थानीय शासनको आवश्यकता र औचित्य माथि प्रकाश पार्नुभएको थियो ।
विशिष्ट अतिथि गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बालमैत्री नगरपालिका घोषणाका लागि निति निर्माण र आवश्यक पूर्वाधार छिट्टै तयार गर्ने प्रतिबद्धता जनाउनु भयो।
कार्यक्रममा बालमैत्री स्थानीय शासन घोषणा प्रक्रियाका बारेमा राष्ट्रिय बाल अधिकार परिषद गण्डकी प्रदेश समन्वय अधिकारी बद्री प्रसाद वाग्लेले सहजीकरण गर्नुभएको थियो।
गैंडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य,वडा अध्यक्ष, वडा सदस्यहरु,विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु,विद्यालयका प्रधानाध्यापक, बाल सञ्जाल पदाधिकारी, विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।