गैँडाकोटमा ‘डायनामिक साँझ एवं बृहत सांस्कृतिक कार्यक्रम २०८१’ हुने  

२०८१ कार्तिक १ बिहीबार १७:४७:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटमा लायन्स क्लब अफ बागेश्वरी डायनामिकले कार्तिक १० गते ‘डायनामिक साँझ एवं बृहत सांस्कृतिक कार्यक्रम २०८१’ गर्ने भएकोे छ । 

क्यान्सर पिडित बालबालिकाका लागि सहयोगार्थ यहि कार्तिक १० गते शनिबारका दिन डायनामिक साँझ २०८१ गर्न लागिएको क्लबका अध्यक्ष रोशन मल्ल ठकुरीले जानकारी दिनुभयो । बिहीबार छिमेकी कल्बका प्रतिनिधिसँग अन्तरक्रिया एवं पत्रकार सम्मेलन गरी सो बारे जानकारी गराइएको थियो । 

‘डायनामिक साँझ एवं बृहत सांस्कृतिक कार्यक्रम २०८१’ मा अमरबिरही गुरुङ, अर्जुन सापकोटा, श्याम राना र दुर्गा सापकोटा लगायत ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ । कार्यक्रम गैंडाकोट २ मा रहेको होटल ताज महलमा हुने र कार्यक्रममा प्रवेश शुल्क १ हजार तोकिएको छ ।