गैँडाकोटबाट सम्पर्कबिहिन ९२ वर्षिया टिकाराम पाध्या फेला 

२०८१ कार्तिक १ बिहीबार १५:४२:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटबाट बुधबारदेखी सम्पर्कबिहिन ९२ वर्षिया टिकाराम पाध्या फेला पर्नुभएको छ ।

‘गैँडाकोटबाट ९२ वर्षिया टिकाराम पाध्या सम्पर्कबिहिन’ शिर्षकमा विजय एफएमबाट समाचार प्रकाशन/प्रसारण भएको डेढ घण्टामा नै उहाँ फेला पर्नुभएको हो । अनलाइनमा प्रकाशित समाचार सेयर गरेपछि उहाँ चितवनको सूर्यपुर भन्ने ठाउँमा फेला पर्नुभएको उहाँको नातिनि झरना पौडेलले जानकारी दिनुभयो । 

बागलुङ राङखानी ठेगाना भई गैँडाकोट ८ किसानचोक बस्दै आउनुभएका ९२ वर्षिया टिकाराम पाध्या बुधबार मध्यान्ह करिब १२ बजेदेखी सम्पर्कबिहिन हुनुभएको थियो । भरतपुर छोरीको घर जान भनि हिड्नुभएका उहाँ कालिका नगरपालिका पुगेको जनाइएको छ ।