पठन संस्कृति अभियानको सातौँ शृङ्खलामा अमर न्यौपाने आउँदै 

२०८१ असोज २५ शुक्रबार १९:१४:०० मा प्रकाशित


पठन संस्कृति अभियानको सातौँ शृृङ्खलामा साहित्यकार अमर न्यौपाने एनआ गैँडाकोट आउनुहुने भएको छ । असोज २७  गते बडादशैँको भोलीपल्ट आइतबार दिउँसो ३ बजे विजय विकास स्रोत केन्द्रको हलमा कार्यक्रम हुनेछ । सामुदायिक रेडियो विजय एफएम र विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारीले विगत ६ महिनादेखि हरेक महिना पठनसंस्कृति अभियानको कार्यक्रम गर्दै आएको छ । सातौँ शृखंलामा साहित्यकार अमर न्यौपानेको प्रमुख आतिथ्यता रहनेछ ।

 

विं सं. २०३४ सालमा चितवनमा जन्मिनुभएका न्यौपानेको पानीको घाम, सेतो धरती, करोडाँै कस्तुरी, कलिलो मन, गुलाबी उमेर लगायतका कृति प्रकाशित रहेका छन् । २०६८ सालमा न्यौपानेको सेतो धरती उपन्यासले मदन पुरस्कार प्राप्त गरेको थियो । वि.सं. २०६६ मा पानीको घामबाट पद्यश्री साहित्य सम्मान र २०६७ सलामा कलिलो मनबाट पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गर्नुभएको छ । साहित्यकार न्यौपाने सरल र छोटा वाक्य तथा सटिक अभिव्यक्तिमा आख्यानभित्र काव्यात्मक बिम्ब सिर्जना गर्न सक्ने कुशल शैलीका कारण पाठकहरु माझ लोकप्रिय रहनुभएको छ ।   


सामुदायिक रेडियो विजय एफएम १०१.६ को आयोजनामा भइरहेको कार्यक्रमले समुदायमा पठन संस्कृतिको विकास गराउन मद्धत गरेको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो । यस अभियानले सकरात्मक सोच र चिन्तनको विकास गराउन मद्दत पु¥याउने सापकोटाको विश्वास रहेको छ ।  पठन संस्कृति अभियानको सातौँ शृङखलामा पनि अघिल्ला शंखलामा जस्तै पाठकहरुले आफूले पढेका पुस्तकमाथि चर्चा परिचर्चा गर्ने कार्यक्रम रहेको विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो । गत वैशाख १५ गतेबाट पठन संस्कृति अभियान सुरु भएको थियो ।