मौसम परिवर्तन हुँदै गर्दा रुघा खोकीबाट कसरी जोगिने ?
नवलपुर । मौसम परिवर्तनसँगै मानिसहरुको स्वास्थ्यमा विभिन्न समस्याहरु देखापर्दछ । त्यसमध्ये एक हो रुघा, खोकी र ज्वरो । नाक, घाँटी र श्वास नली संक्रमणका कारण मानिसहरुमा रुघा खोकी देखिने गर्दछ ।
भाइरल इन्फेक्सन, एर्लजी बढ्नु, मौसम परिर्वतनका कारण मानिसहरुमा रुघा, खोकी देखिएतापनि राइनो भाइरस मुख्य रहने मौलाकालिका अस्पतालका फिजिसियन बिमल पौडेल बताउनुहुन्छ ।
रोग जुनसुकै उमेर समूहका व्यक्तिहरुमा देखा पर्दछ । यसले न बच्चा भन्छ न बृद्ध नै तर रुघा, खोकी र ज्वरोलाई सामान्य मानिएता पनि कुनै कुनेै अवस्थामा भने यो जटिल बन्न पुग्ने गर्दछ ।
श्वास प्रश्वासमा गाह्रो हुने, शरीर दुख्ने, छाती दुख्ने र एक हप्तासम्म ज्वरो निको नभएमा तुरुन्तै स्वास्थ्य चौकी जाने गर्नुपर्दछ भने सामान्य अवस्थामा घरमै बसी हामीले आफ्नो सरसफाइमा ध्यान दिने, खानपानमा ध्यान दिने, प्रशस्त पानी पिउनाले पनि केही निको हुने स्वास्थ्यकर्मीको सुझाब छ । रुघा खोकी बच्चामा पनि धेरै देखिने हँुदा बच्चाहरुको विशेष ख्याल अभिभावकले राख्नुपर्ने डा. पौडेलको भनाई छ ।
रुघा खोकी एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने हुँदा बच्चालाई लिनु अघि हात धुने, पानी प्रशस्त पिउने, हाँछ्यु गर्दा रुमालले मुख छोप्ने बानिको बिकास गर्नु पर्दछ । यस्तो, रुघाखोकी गर्भवती महिलामा पनि देखिने हुदाँ आफ्नो ख्याल राख्नुपर्ने डा. पौडेल बताउनुहुन्छ ।
टाउको गल्ने वा दुख्ने, शरीर दुख्ने, नाक बन्द हुने, स्वर फेरिने जस्ता सामान्य लÔणहरु देखा परेमा खासै नआत्ति घरमै आराम गर्न सकिन्छ । तर उच्च ज्वरो, श्वास प्रश्वासमा कठिनाई, एलर्जी बिग्री पिनास हुने, छाती दुख्ने जस्ता जटिल समस्या देखा परेमा हस्पिटल जानुका साथै अनावश्यक रुपमा एन्टिबायोटिक औषधीको प्रयोग नगरी चिकित्सकको सल्लाह अनुसार औषधी उपचार गर्नुपर्ने डा. बिमल पौडेलको सुझाब छ ।
रुघाखोकी र ज्वरो सामान्य भएतापनि, यदि लक्षणहरु गम्भीर छन् वा लामो समयसम्म रहन्छ भने, तुरुन्तै डाक्टरको सल्लाह लिनु महत्वपुर्ण छ ।