नारायणी वनमा नेत्रराज सापकोटाको अग्रता (मतसहित)
गैँडाकोट । नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट ६, ७ र ९ को पाँचौ नेतृत्व चयनका लागि हिजो भएको मतदानको मतगणना चलिरहेको छ । बिहान ६ः३० बजेसम्म ६२६ मत गणना भएको छ ।
जसमध्ये अध्यक्ष पदमा नेत्रराज सापकोटा (केदार) को ३२७ मत र उमाकुमारी पाण्डेको २१७ मत रहेको छ ।
निर्वाचनमा ८६० उपभोक्ताले मतदान गरेका थिए । नयाँ नेतृत्व चयनका लागि ११२८ मतदाता कायम गरिएकोमा ८६० जनाले मतदान गरेका थिए ।