“अब अबेर भो लौ उठौं युवा” काव्यगोष्ठी

२०८१ भदौ १७ सोमबार १७:२५:०० मा प्रकाशित


१५९ औं मोती जयन्तीको अवसरमा त्रिवेणी साहित्य प्रतिष्ठान, नवलपुरले “अब अबेर भो लौ उठौं युवा“ नामक समस्या पूर्तिमा आधारित काव्यगोष्ठी सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका साहित्यकार इन्द्रराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा.डा नारायणप्रसाद खनालले मोती चर्चा गर्नुभएको थियो ।

 प्रतिष्ठानका सचिव रामहरि शर्मा सराहको सहजीकरण रहेको सो कार्यक्रममा स्रष्टाहरूले समस्यापूर्तिमा आधारित काव्य पाठ गरेका थिए ।  कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदी, गोपी सापकोटा, उदयनाथ रेग्मी, नारायणप्रसाद तिवारी, बाबुराम पाण्डे, विष्णुमाया पन्थी, धर्मानन्द पौडेल, भूमिश्वर शर्मा, डिल्ली सिग्देल, डा.मतिप्रसाद ढकाल, टंकप्रसाद ढकाल तितेपाती लगायतले रचना पाठ गरेकाथिए  ।

नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी) का दिन जन्म भएकोले सोही दिनलाई मोतीजयन्तीका रूपमा मनाइने गरिएको हो ।