विजय एफएमको २१ औँ वार्षिकोत्सवमा साइकल र्याली : शरिर स्वस्थ बनाउन पनि साइकल चढौँ 

२०८१ भदौ ५ बुधबार १५:३१:०० मा प्रकाशित


गैँडाकोट । सामुदायिक रेडियो विजय एफएम १०१.६ आजदेखी २१ औँ वर्षमा प्रवेश गरेको छ । २१ औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक रेडियो विजय एफएम १०१.६ ले साइकल ¥याली तथा रेडियो मार्फत श्रोता आफन्तसँग शुभकामना आदानप्रदान गरेको छ । आज साँझ रेडियोको प्राङ्गणमा दीप प्रज्वलनको कार्यक्रम आयोजना गरेको संस्थाका सचिव भानुभक्त रिमालले बताउनुभयो । 


सकरात्मक सामाजिक रुपान्तरणका क्षेत्रमा दुई दशकदेखि क्रियाशील विजय एफएमले आफ्नो वार्षिकोत्सवका अवसरमा स्वास्थ्य सचेतना र वातावरण संरक्षणका लागि साइकल चढाँै भन्ने सन्देश दिन साइकल ¥याली समेत गरेको छ । कार्यक्रमका प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष खेमराज सापकोटाले युगअनुकुल रेडियोले आफ्ना कार्यक्रम परिमार्जन गर्दै लिएर जानुपर्ने बताउनुभएको छ । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष गोपीनाथ खरेल, संस्थापक सचिव केशवप्रसाद सापकोटा, मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो । 


गैँडाकोट क्षेत्रमा करिब ७ किलोमिटरको साइकल ¥याली रेडियोकै परिसरमा आएर सम्पन्न भएको थियो । साइकल व्यवसायि संघ चितवन नवलपुरका निवर्तमान अध्यक्ष गोपाल सापकोटाले साइकल चढ्ने प्रचलन पहिले भन्दा अहिले फरक हुँदै आएको बताउनुभयो । अहिले शारिरीक स्वास्थ्यका लागि साइकल चढ्ने प्रवृत्ति बढेको बताउनुभयो । 


विजय एफएम १०१.६ को सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष त्रिलोचन सापकोटाले विजय एफएमले दुई दशक पार गर्नु गँैडाकोटबासीको श्रेय रहेको बताउनुभयो । युवाहरुको लागि रुचिकर विषयवस्तु प्रसारणका लागि विजयले आगामी दिनमा प्राथमिकता दिने अध्यक्ष सापकोटाले बताउनुभयो । अध्यक्ष सापकोटाले शारिरीक स्वस्थ र वातावरण संरक्षण हुने भएका कारण आफ्ना बाबुनानीलाई साइकल चढ्न प्रेरित गर्नुपर्ने बताउनुभएको छ ।

 
साइकल ¥यालीको समुद्घाटन र समापन कार्यक्रमको सहजीकरण विजय एफएम सञ्चालक संस्थाका सचिव भानुभक्त रिमालले गर्नुभएको थियो । 


‘सत्य तथ्य सूचनाको सञ्चार, जनसशक्तिकरणको मूल आधार’ भन्ने भावसहित २०५७ सालमा परिकल्पना गरिएको विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सामुदायिक रेडियो विजय एफएम १०१.६ आज भन्दा २० वर्षअघि २०६१ साल भाद्र ५ गतेदेखी सञ्चालनमा आएको हो । 


मध्ये नेपालमा अवस्थित विजय एफएम विश्वसनीयताको आधार र स्थानीयको साझेदारका रुपमा काम गरिरहेको छ । एक वर्षको अवधिमा १५ हजार २ सय २ भन्दा बढी मानिसहरूले प्रत्यक्ष सहभागिता जनाइ सामुदायिक रेडियो विजय एफ.एम. १०१.६ मार्फत आÇना विचार, धारणा, सरोकार र समस्याहरू प्रकट गरेको रेडियोका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले अभिलेख राखिएको जानकारी दिनुभयो । 


उहाँले स्थानीय सरोकार, शिक्षा, स्वास्थ्य, वातावरण तथा दिगो विकास, सुशासन र लोकतान्त्रिक मूल्य मान्यताको स्थापना र प्रवर्धन, न्यायपूर्ण समाज, वित्तीय सचेतना, धार्मिक तथा भाषिक उत्थान, बालमैत्री स्थानीय शासन प्राथमिकतामा राखिएको बताउनुभयो । 


उहाँले सार्वजनिक शिक्षा, जनस्वास्थ्य, वित्तीय सचेतना, आधुनिक कृषि, वातावरण संरक्षण, समतामूलक र न्यायिक समाज, बालमैत्री स्थानीय शासन, द्वन्द्व न्यूनीकरण, सबै खालका भेदभाव र हिंसाको न्यूनीकरण, स्थानीय सुशासन, स्थानीय विकास, कला, साहित्य, पठन संस्कृति अभियान र परम्परागत नेपाली संस्कृतिको संरक्षण, स्वच्छ निर्वाचन लगायतका विविध विषयमा नागरिकका विचारहरू सङ्कलन, प्रशोधन तथा प्रसारण गरिएको विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले बताउनुभयो । 


स्थापनाकालदेखि नै आवाजविहीनहरुको आवाजका रुपमा समाजका कुनाकुनासम्म पुगी समाजमा विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक विभेद, अन्धविश्वास, लैङ्गिक हिंसाको, न्यूनीकरण एवं नागरिकको विकासका लागि अविचलित भई सशक्तरूपमा सूचना तथा सन्देश सञ्चार गर्दै आइरहेको छ । यसको अर्को पाटोका रुपमा साप्ताहिक पत्रिका विजय खबर समेत सञ्चालनमा रहेको छ ।