भोलिदेखि सेन्ट्रल कलेज प्रथम देवपुर सेभेन ए साइड फुटबल

तनहुँ । सेन्ट्रल कलेज प्रथम देवपुर सेभेन ए साइड खुला नकआउट फुटबल भोलि देखि हुने भएको छ । श्री गाउँ सुधार समिति देवघाट ५ को आयोजनामा भोलिदेखि तनहुँको देवघाट गाउँपालिका ५ देवपुरमा प्रतियोगिता हुने भएको हो । एक सातासम्म चल्ने प्रतियोगितामा ४० टोली सहभागी हुने समितिका अध्यक्ष सुकु गुरुङले देवघाटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङको मुख्य प्रायोजकमा हुने प्रतियोगिताको विजेताले ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गर्ने गुरुङले बताउनुभयो । यस्तै उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।