के निको हुँदैन भनिएका जटिल रोगहरु घरको वास्तु मिलाएरै ठिक हुन्छ ?

२०७८ भदौ २ बुधबार १३:०६:०० मा प्रकाशित



सकेसम्म रोग लाग्न नदिनु नै सबैभन्दा राम्रो हो । रोग लागिहाले तुरुन्त रोगबाट मुक्त हुन डाक्टरकोमा गएर उपचार गर्नु र हस्पिटलको सुझाब सल्लाह लिनु राम्रो हो । तर कुरा यतिमा मात्र सिमित हँुदैन । यति प्रक्रिया अपनाइसक्दा पनि हाम्रो रोग निको नहुन सक्छ । हामी धेरैलाई थाहा नहुन सक्छकि कतिपय जटिल रोगहरु वास्तुको माध्यमबाट पनि सहजै समाधान गर्न सक्छौ । हस्पिटलमा गएर धेरैचोटी उपचारमा संलग्न भइरहँदा पनि रोग घट्ने कुनै सम्भावना देखिएन, रोग १०० को ९० मा पनि झरेको छैन भने हस्पिटलको अलवा अन्य बैकल्पिक चिकित्सा पद्दतितर्फ पनि ध्यान दिनु राम्रो हुन्छ । बिरामी ठिक बनाउने धेरै उपचारबिधि मध्ये वास्तु उपचार बिधि पनि एक हो । हामी बस्ने घर कस्तो छ, हामीले सधै रातभरी सुतेर अक्सिजन लिने ठाउँ कत्तिको उर्जावान छ यसैमा हाम्रो भावी स्वास्थ्य जोडिएको हुन्छ । हाम्रो बस्ने ठाउँलाई सकारात्मक उर्जा आउने तरिकाले व्यवस्थापन गर्नुनै वास्तु हो । वास्तु कुनै पनि धर्मसँग सम्बन्धित छैन । पृथ्वीको चाल, अन्य ग्रहहरु, भू–चुम्बकीय उर्जा, जैविक उर्जा, सौर्य उर्जा, वायुमण्डलिय उर्जालाई हाम्रो घर÷बिजनेस÷ फ्याक्ट्रीमा बैज्ञानिक तरिकाले व्यवस्थापन वा सन्तुलित बनाउनुनै वास्तु हो । वास्तुको मूलमा ऊर्जा र पदार्थको विज्ञान छ । वास्तुको उद्देश्य मान्छे, संरचना, प्रकृति र ब्रह्माण्डबीच एक तालमेल स्थापित गर्नको लागी हो । यदि कुनै भवनमा भण्डारण गरिएको ऊर्जा नकरात्मक छ भने त्यहाँ बस्ने मान्छेहरुको स्वास्थ्यमा समस्या, आर्थिक समस्याहरु, कुनै कामहरु सुरुगर्दा अनेकौ बाधा अड्चनहरु देखापर्न सक्छ ।
हाम्रो घर परिवारको कोहि सदस्य बिरामी भयो भनेर हस्पिटल धाउँदा धाउँदै हाम्रो सम्पत्ती सकिन लाग्छ तर कतै घरको नकारात्मक उर्जाले यो रोग लागेको होकी भनेर त्यसतर्फ ख्यालनै गर्दैनौ । समाजमा वास्तुको माध्यमबाट अथवा घरको उर्जाको सहि ब्यबस्थापनबाट बिरामी निको हुनसक्छ भन्ने हामिमा ज्ञानको कमि छ । अबको युगमा हस्पिटलमा बिरामीहरुको रोग पत्ता लगाउँदा वा उपचार गर्दा निज बिरामीको भौतिक शरीरको अवस्था मात्र नभईकन उ बाँच्नका लागि घरबाट कस्तो किसिमको उर्जा लिने गरेको छ त्यो पनि हेर्नुपर्छ भन्ने मलाई लाग्छ । हाल भारत लगायतका केहि देशहरुमा डाक्टरहरुले उपचार गर्दा घरको नक्सा समेत माग्ने र यो औषधि खानुस् र घरको यो दिशामा सुतेर आराम गर्नुस् भन्ने पद्दतिको सुरुवात भएको छ । एउटै घरमा हजुरबुबालाई त्यहि रोग, बुबालाई त्यहि रोग, छोरालाई त्यहि रोग लाग्न सक्छ । एउटै घरमा एकै प्रकृतिको रोग लाग्नुलाई यो वंशानुगत रोग हो पनि भन्ने गरिन्छ । तर त्यो वंशानुगत रोग नभई त्यहि घरमा हुर्केको घरको ३ पुस्तालाई घरको वास्तु नमिलेको कारण त्यो घरबाट त्यहि समस्या निस्किरहेको हुनसक्छ । कतिपय जटिल रोगहरुको उपचार घरको उर्जा ब्यबस्थापन बाटै सजिलै निकोपार्न सकिन्छ । 
मानव शरीरमा लाग्ने जटिल रोगहरुमध्ये आज म प्रोग्रेसिभ सुपरन्युक्लियर पल्सी (एिएसपी) एक निको नहुने रोगको बारेमा केहि चर्चा गर्नेछु ।
पिएसपी रोग भनेको मानव मस्तिष्कको गिदीमा समस्या देखिएपछि स्नायु तन्तुहरुमा रहेको प्रोटिनको मात्रामा गडबडी हुनु हो । जसलाई टाउ प्रोटिन पनि भनिन्छ । यो पाटो गडबड भएर नसाहरु गुजुमुजु भई खुम्चदै जाने र विस्तारै दिमागी भाग सुक्दै जाने नै पिएसपी रोग हो जुन एक सहजै निको नहुने रोग हो । हस्पिटलसँग सम्बन्धित डाक्टर र रोगहरुको खोजमा संलग्न बैज्ञानिक यो रोगको बारेमा अध्यनकै क्रममा छन् । अध्यनको क्रममा यो रोग किन लाग्छ भन्ने कुराको एकिन नै छैन र यो वंशानुगत पनि हुन सक्छ भन्ने गरेका छन् । खासमा यो मानसिक कारणले हुने रोग होईन तर दिमागमा आउने समस्याले गर्दा सोच्ने शक्तिमा कमि भई डिप्रेसनको अवस्थामा पुग्छ । यो रोग लागेपछि मानसिक सन्तुलन बिग्रन्छ र बोलि र आँखामा समस्या देखा पर्छ ।
पिएसपी रोग मस्तिस्कसँग सम्बन्धित भएकोले घरको उत्तर पुर्व दिशासँग सम्बन्धित छ । हाम्रो घरको ठिक उत्तर दिशालाई ० डिग्री मानेर घडी घुम्ने दिशातर्फ आउँदा ३३.७५ डिग्रीदेखि ५६.२५ डिग्रीसम्मको भागलाई उत्तरपूर्व अर्थात् ईशान दिशा भनिन्छ । मस्तिष्क सम्बन्धि समस्या घरको उत्तर्पुवमा एन्टी अब्जेक्ट, एन्टी एक्टिभिटि, एन्टी ईलेमेन्ट भई उक्त दिशा असन्तुलित हँुदा त्यस्तो हुन्छ । वास्तुमा वास्तु पुरुष मण्डल भन्ने हुन्छ र हाम्रो घरलाई आधार मान्ने हो भने उक्त वास्तु पुरुषको शिर सधै उत्तरपूर्वमा नै हुन्छ । तसर्थ घरको उत्तरपूर्व दिशा असन्तुलित हँुदा उक्त घरमा मस्तिष्क सम्बन्धि समस्या हुने सम्भावना बढी हुन्छ ।
यो ब्रमाण्ड, पृथ्वी, हाम्रो घर, हाम्रो शरीर सबै पञ्चतत्व मिलेर बनेको हुन्छ । पञ्च तत्व भनेको जल, वायु, अग्नि, पृथ्वी र आकाश हो । घरको उत्तरपूर्व जल तत्वसँग सम्बन्धित हुन्छ । यसको रंग निलो र आकार वेभ आकारको हुन्छ । घरको उत्तरपूर्वमा निलो कलर हुनु राम्रो मानिन्छ । वास्तुमा पञ्च तत्वको साईकल अफ क्रियशन, साईकल अफ डेस्ट्रक्सन, साईकल अफ कन्ट्रोलको सिद्धान्तलाई आधार मान्दा जल तत्वलाई पृथ्वी तत्वले नस्ट गर्छ र अग्नि तत्वलाई जल तत्वले नस्ट गर्दछ । जल तत्वको अभिभावक आकाश तत्व हो र जल तत्वले पैदा गराउने वायु तत्व हो । घरको उत्तरपुर्व दिशा असन्तुलित भएमा जल तत्वलाई असर गर्दछ । भवनको पुत्री भावना भन्ने गरिन्छ । हाम्रो अवचेतन मन हाम्रो सोच अर्थात भावना हाम्रो घरको उर्जासँग सम्बन्धित हुन्छ । मानव शरीरको मष्तिस्कमा ७०% पानी हुन्छ, हाम्रो पृथ्वीमा पनि ७०% पानी नै छ र हाम्रो घरमा पनि लगभग यहि अनुपातमा पानी तत्व सक्रिय हुनुपर्दछ जसको नियन्त्रण हाम्रो घरको उत्तर पूर्वतर्फ रहेको जल तत्वले गर्दछ । घरको उत्तरपूर्व दूषित हँुदा उक्त घरमा बस्ने मान्छेको मस्तिष्कमा त्यसको प्रभाव बढ्ने भयो । घरको उत्तरपूर्वमा शौचालय, भान्छाकोठा, फोहोर भण्डार गर्ने ठाउँ, डस्टबिन, स्टोर, रातो रंग, पहेँलो रंग, ढिकीजाँतो, विद्युतीय मिटर, जेनेरेटर छ भने उक्त दिशा असन्तुलित हुने सम्भावना रहन्छ । घर भित्रको उक्त दिशाको भित्तामा कुनै किला काटीहरु गाड्नु हँुदैन । साथै हाम्रो अवचेतन मनले रंग र आकारलाई बुझ्ने हँुदा पृथ्वी तत्वको आकार वर्गाकार र अग्नि तत्वको आकार त्रिभुजकार वस्तुहरु उत्तरपूर्वमा राख्नु हँुदैन । 
पृथ्वीले सुर्यलाई ३०.२२ किमी प्रति सेकेण्डगतिमा परिक्रममा गर्दछ र पृथ्वी आफैमा पनि ४६० मिटर प्रति सेकेण्ड गतिमा घुम्दछ । पृथ्वी लगभग गोलो छ र यो उत्तरपूर्व तर्फ २३.५ डिग्री झुकेको अर्थात् कोल्टीएको छ । यसरीनै कोल्टीएको अवस्थामा पृथ्वीले सुर्यलाई परिक्रममा गर्ने हो । एउटा कुवामा हामीले जगलाई कोल्टाएर पानीमा डुबायौ भने उक्त कोल्टीएको भागबाट त्यो जगमा पानी धेरै प्रवेश गर्छ र छिटो भरिन्छ । हाम्रो घरमा पूर्व तर्फबाट जैविक उर्जा र उत्तरतर्फबाट चुम्बकीय उर्जा प्रवेश गर्दछ । हाम्रो जमिन उत्तरपूर्व तर्फ कोल्टीएकै कारण उक्त दिशाबाट घरमा यी दुवै उर्जाको प्रवाह बढी हुनेगर्दछ । तसर्थ पनि उत्तरपूर्व दिशा असन्तुलित वा दुषित भयो भने त्यहि दुषित उर्जा घरभित्र प्रवेश गर्दछ र परीणाम नकारात्मक हुन्छ ।
पिएसपी रोग र पार्किन्सन रोग उस्तैउस्तै जस्तो भएता पनि पार्किन्सन रोगिको हात काम्ने गर्दछ । पिएसपी रोगको हात काम्दैन उसको मस्तिस्कमा समस्या हुने हो । उत्तरपूर्व वास्तुपुरुष मण्डलको शिरसँग सम्बन्धित छ । पिएसपी रोग लागेका बिरामीहरुलाई डाक्टरहरु वाटर थेरापी गर्ने सल्लाह दिन्छन् । यहाँनेर रोगको निदान हुनुमा जलको भूमिका हुन्छ भन्ने अर्थ बुझिन्छ । घरको उत्तरपूर्व अर्थात ईशान कोण भनेको पनि पञ्चतत्व मध्ये जल तत्वसँग सम्बन्धित हो । घरमा जल तत्व असन्तुलित हुन दिनुहँुदैन भन्ने वास्तुको नियम हो । यो रोग लागेपछि डिप्रेसनतर्फ अग्रसर गराउने हँुदा डिप्रेसन निम्त्याउने हाम्रो घरको कुन दिशा हो भनेर बुझ्न जरुरी छ । उत्तरी गोलार्धमा पर्ने घरहरुको हकमा पश्चिम उत्तर पश्चिम भनेको डिप्रेशनको दिशा हो । यो दिशा आकाश तत्वको दिशा हो, रंग सेतो हुन्छ र आकार गोलो हुन्छ । यो दिशामा सुतेमा डिप्रेशन हुने अधिक सम्भावना हुन्छ । घरको नक्सालाई आधार मान्दा २८१.२५ डिग्री देखि ३०३.७५ डिग्री सम्मको भाग डिप्रेसन निम्त्याउने दिशा हो । यो दिशा असन्तुलित छ भनेपनि उक्त घरको अन्यत्र सुत्ने भएता पनि उक्त घरमा कसैमा डिप्रेसन छ भन्ने बुझिन्छ । छणिक समय यो दिशामा सुत्दा तनाव घट्छ तर दिर्घकालिन सुत्न भने हँुदैन । पहिला–पहिला राजदरबारहरुमा यो दिशामा कोप भवन बनाउने गरिन्थ्यो । रानीहरुलाई चिन्ता प¥यो, कुनै दुखदः घटना प¥यो, दुःखकस्ट प¥योभने चिन्ता हटोस् भनेर त्यो दिशाको कोप भवन अथवा कोठामा बस्ने सल्लाह दिने गरिन्थ्यो । घरको यो दिशामा रातो रंग, विवाहको फोटोहरु, हरियो रंग, त्रिभुज आकारको वस्तु भएमा यो दिशा असन्तुलित हुन्छ ।
घर परिवार, ईस्टमित्रमा कोहि नजिकको व्यक्तिलाई पिडा पर्दा यो रोगीको मानसपटलमा बढी निरासा छाउन सक्छ किनकि यो रोगीको बिरामी मानसिक चिन्ता लिने खालको हुन्छ । यो बेला उक्त रोगीलाई खुसि बनाई राख्न आवस्यक हुन्छ । घर पारिवारमा खुसि ल्याउने दिशा भनेको पूर्व उत्तर पूर्व दिशा हो अर्थात् घरको ५६.२५ डिग्री देखि ७८.७५ डिग्री सम्मको दिशा हो । वस्तुमा ४५ वटा उर्जाहरुमध्ये प्रजन्य उर्जाले यो दिशामा खुशी उत्पादन गर्ने गर्दछ । कसैको घरमा यो दिशामा शौचालय, डस्टबिन, सेतो, पहेँलो कलर छ भने यो दिशा असन्तुलित हुनसक्छ र परिणाम घर परिवारमा खुसि हराउँछ । यदि घरमा दिवंगत भईसकेको पितृको फोटो छ भने उक्त तस्वीर घरको उत्तरपुर्वमा राख्दा त्यसको नकारात्मक असर पिएसपी बिरामी माथि पर्न सक्छ । उक्त फोटो गोल्डेन फ्रेममा घरको पृथ्वी तत्व अर्थात दक्षिण–पश्चिममा मात्र राख्नुपर्दछ । पिएसपी रोग लागेको मान्छेलाई उक्त रोगले छिटो गाल्दै लैजान्छ, व्यथाले छिटो च्याप्छ कारण हाम्रो घरको सबै दिशाहरुमध्ये उत्तरपूर्वको प्रभाव अन्य दिशाको तुलनामा तीव्र असर गर्ने खालको हुन्छ । पि भनेको प्रोगे्रसिभ अर्थात् छिट्टो भन्ने बुझिन्छ । पृथ्वीको उत्तरपूर्व कोल्टीएको कारण घरमा बढी उर्जा त्यहिबाट प्रवेश गर्ने र छिट्टो प्रभाव जमाउने खालको हुन्छ ।
घरमा रहने व्यक्तिलाई कुन रोग छ त्यहि अनुसार त्यो रोगसँग सम्बन्धित घरको दिशामा रहेको असन्तुलित उर्जालाई सन्तुलित बनाउनु पर्दछ । पिएसपी रोगको हकमा बिरामीलाई उक्त रोगको असर कम गराउन वा दुखाइ कम गराउन घरको उत्तरपूर्व स्वछन्दताको दिशा, मानसपटलमा छिट्टो प्रभाव पार्ने दिशा सन्तुलित बनाउनु पर्दछ । घरको उत्तरपुर्वमा स्टोर भए हटाउने, माटोबाट बनेको वस्तु केहिभए हटाउने, खेतिपाती गर्ने औजारहरु त्यहाँ नराख्ने, फलामजन्य अन्य हातहतियार औजारहरु नराख्ने, उत्तरपूर्वको भित्तामा किलाकाटीहरु गाडेको छ भने निकाल्दिने, शौचालय भान्छाघर छत माथिको पानि ट्यांकी भए यो दिशाको वास्तु उपचार गर्ने, डस्टबिन, भाडामाझ्ने ठाउँ, रातो रंग वा पहेलो रंग लगाईएको भए तुरुन्त हटाएमा उक्त बिरामीलाई केहि आराम हुन्छ ।
त्यसैगरी जलतत्व, वायुतत्व अग्नितत्व पृथ्वीतत्व आकाशतत्व मध्ये कुन–कुन तत्वको समायोजन भई वाथ, कफ, पित्त मध्ये कुन प्रकृतिको रोग लागेको हो सो कुरा बुझेर उक्त दिशामा त्यो तत्वको सामानहरु हटाउनु पर्दछ । वाथ, कफ, पित्तको कुरा स्वास्थ्य वास्तुमा एकदमै महत्वपूर्ण हुन्छ । घरको उत्तरपूर्वमा राखिएको सामान कुन प्रकृतिको हो छुट्याएर राख्नुपर्दछ ।
प्रत्येक भवनको अन्तरिक्ष मात्र ब्रह्माण्डको विशाल अन्तरिक्षको एक हिस्सा हो । यी दुई चेतनाले विभिन्न स्तरहरुको प्रतिनिधित्व गर्दछ । भवन बाहिरको ठाउँ चेतन मन र भवन भित्रको भागले अवचेतन मनलाई जनाउँछ । कुनै पनि भवनमा प्रवेश गर्ने ठाउँ मूल ढोकाको सबैभन्दा महत्त्वपूर्ण भूमिका हुन्छ । यो एक भवन र सार्वभौमिक चेतना बीचको पहिलो सम्बन्ध हो । घरमा उर्जाको प्रवाह मूलढोकाबाट शुरू हुन्छ र मात्र प्रवेशद्वारले निर्णय गर्दछकि कुनै भवनमा ऊर्जाको प्रवाह सकारात्मक वा नकारात्मक हुनेछ । पूर्व दक्षिण पूर्व दिशा अर्थात् घरको ११०.०० डिग्री देखि १२१.२५ डिग्री सम्मको दिशामा यदि घरको मूल ढोका छ भने पिएसपी रोगिको रोगलाई यसले झन् असहज बनाउँदछ ।
वास्तुमा मर्म टेकनिकको महत्वपूर्ण भूमिका हुन्छ । पिएसपी रोगीको रोगको असरलाई कम गराउन वास्तुको अर्को उपाय भनेको मर्म स्थानको उपचार गर्नु हो । आयुर्बेद, अकुपन्चर र वास्तुमा मर्म टेकनिकको एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ । हाम्रो घरमा १६ वटा महामर्मस्थानहरु हुन्छन् । जसरी हाम्रो शरीरको केहि अंगहरुमा चोट पुग्दा धेरै पिडा हुने केहि संवेदनशील अंगहरु छन् ठिक त्यसैगरी घरमा रहने वास्तु पुरुषको मर्म स्थानहरुमा बढी चोटहुने गरी सामानहरु राख्दा, घरको पिलर पार्दा वास्तु पुरुषलाई असह्य पिडा हुन्छ र त्यो असर उक्त घरमा बस्ने सदस्यमा देखा पर्दछ । यदि कसैको घरको उत्तरपूर्वमा रहेको मर्मस्थान असन्तुलित छ भने उक्त घरमा बस्नेलाई मस्तिष्क सम्बन्धि समस्या निम्तिन सक्छ । घरमा वास्तु पुरुष मण्डलको जुन अंगमा चोट पुग्छ मान्छेको ठिक त्यहि अंगमा दुर्घटना हुन्छ । महावास्तुसँग यो केसको हजारौ उदाहरण छन् । घरमा कुन मर्म स्थानबाट समस्या उत्पन्न भएको छ पत्ता लगाउने र त्यो मर्म स्थान कुन पन्च तत्वसँग सम्बन्धित छ हेरी त्यहाँ ड्रिल गरेर सोहि जोनसँग सम्बन्धित पत्थरलाई राखी माथिबाट सेतो सिमेन्टले पुर्नुपर्दछ । यसले मर्म स्थानको असरलाई घटाउँछ । यसरि वास्तुको बैज्ञानिक उपचार बिधिबाट घरको उर्जाको सन्तुलन मिलाएर पिएसपी लगायत अन्य जटिल रोगहरुको असरलाई कम गर्न सकिन्छ ।

(लेखक महावास्तुविद, सिभिल इन्जिनियर एवम् नेपाल ज्योतिष परिषदका केन्द्रीय सदस्य हुन् ।)