नारायणी नदीमा एक पुरुष बेपत्ता 

२०८१ श्रावण १२ शनिबार १५:०७:०० मा प्रकाशित

गैँडाकोट । नारायणी नदीमा एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १८ मिलनचोक घर भएका ५१ वर्षका प्रेम बहादुर थापा मगर रहेका छन् । 

उनी भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित मदन भण्डारी पार्क नजिकबाट नारायणी नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नदीको साईटमा चप्पल र कपडा फुकाली हाम फालेको प्रहरीले जनाएको छ ।

नदीमा हाम फालेर बेपत्ता भएका उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्ष भेषराज रिजालले जानकारी दिनुभयो ।