मौलाकालिका मन्दिरमा महाआरती हुने, केवलकारमा ५०% छुट अफर

२०८१ श्रावण ६ आइतबार १८:०६:०० मा प्रकाशित

गैँडाकोट । धार्मिक र ऐतिहासिक महत्त्व बोकेको गैंडाकोटस्थित प्रसिद्ध मौलाकालिका मन्दिरमा साउन महिनालाई लक्षित गरी हरेक सोमबार साँझ महाआरती हुने भएको छ । 

नियमित पूजासँगै आरती हुँदै आएकोमा विशेष पूजनसँगै सन्ध्या आरती गरिने धार्मिक सेवा समिति मौलाकालिका मान्दिरका अध्यक्ष शालिकराम सापकोटाले जानकारी दिनुभयो । 
सोही महाआरतीलाई लक्षित गरी मौलाकाली केवलकारले सोमबारे सन्ध्या आरती अफर समेत ल्याएको जनाएको छ ।

अफर अन्तर्गत हरेक सोमबार साँझ ५ बजेपछि पाइने टिकटमा ५० प्रतिशत छुट दिइने केवलकारका मेनेजर सुरज पौडेलले बताउनुभयो । “यसबाट साँझपख मन्दिर जान र मन्दिरको महाआरतीमा सहभागी हुन चाहने धेरै यात्रु तथा भक्तजन लाभान्वित हुने हामीले विश्वास लिएका छौं”, उहाँले भन्नुभयो । 

आरती अफर टिकट हरेक सोमबार साँझ ५ बजेपछि पाइनेछ । आरती भएको दिन केवलकार साँझ ८ बजेसम्म सञ्चालन हुने मेनेजर पौडेलले जानकारी दिनुभयो ।