सवारी दुर्घटनामा घाइते महिलाको मृत्यु

२०८१ श्रावण ६ आइतबार १४:०९:०० मा प्रकाशित

भरतपुर । साउन ४ गते राति भएको सवारी दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु भएको छ ।

भरतपुर–२, आँपटारीस्थित बाइपास सडकमा विशोलचोकबाट आँपटारी चोकतर्फ गइरहेको मोटरसाइकलको ठक्करबाठ गम्भीर घाइते बनेकी सोही स्थानकी ४२ वर्षीय सुष्मा श्रेष्ठको उपचारका क्रममा आइतबार बिहान करिब ११ बजेको समयमा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल चालक जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार सूर्य न्यौपानेले चलाएको ना २१ प १७१५ नम्बरको मोटरसाइकलले राति करिब साढे ९ बजेको समयमा ठक्कर दिएको थियो । 

महिलालाई ठक्कर दिने मोटरसाइकल चालक समेत घाइते भई पुरानो मेडिकल कलेजमा उपचारपछि जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।