बोष्टनमा “ब्याचलर अफ होटल म्यानेजमेन्ट” सुरु

२०८१ श्रावण ५ शनिबार ०७:२७:०० मा प्रकाशित


चितवन । भरतपुरमा रहेको बोस्टन इन्टरनेशल कलेजमा यसै शैक्षिकसत्र देखि ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) कार्यक्रम सुरु भएको छ । शुक्रबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरि सुरु भएको जानकारी दिएको हो ।  

बीबीए, बीबीए फाइनान्स, बीसीएसआइटी सञ्चालन गर्दै आएको बोस्टनले यस शैक्षिक सत्रदेखि नयाँ कार्यक्रम “ब्याचलर अफ होटल म्यानेजमेन्ट” सुरु गरेको हो । बोस्टन इन्टरनेशल कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले यसको बीएचएम अध्ययन गरेर यसका आगामी बाटाहरुका बारेमा प्रकाश पार्नुभएको थियो ।