चौध वर्षको जापानको अनुभव सहित गैँडाकोटमा व्यवसाय 

२०८१ श्रावण १ मंगलबार १७:१९:०० मा प्रकाशित

गैँडाकोट । चौध वर्ष जापान बसेर फ्रोजन फ्रेन्च फ्राई उत्पादनको अनुभव संगाल्नुभएका गैँडाकोटका पुरन सापकोटाले नेपाल फर्केर नयाँ व्यवसाय सुरु गर्नुभएको छ ।

करिब ४० लाख भन्दा बढीको पूँजीबाट आलुबाट बन्ने फ्रोजन फ्रेन्च फ्राइको उत्पादन, प्याकेजिङ र बजारीकरणको काम सुरु गर्नुभएको छ । नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन पनि गैँडाकोट ५ समुन्नती टोलबाट व्यवसाय सुरु गरेको सञ्चालक पुरन सापकोटाले बताउनुभयो । 

सारा फुड्सको आलु डटकम ब्राण्डको फ्रोजन फ्रेन्च फ्राई व्यवसायको मंगलबार गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले समुद्घाटन गर्नुभएको छ । नगरप्रमुख अधिकारीले विदेशको सीपले गँैडाकोटको समृद्धिमा टेवा पु¥याउन लागेको भन्दै शुभकामना दिनुभयो । 

कार्यक्रममा उद्योग वाणिज्य संघ गैँडाकोट नवलपरासी (बर्दघाट सुस्तापूर्व)का अध्यक्ष दीपक सापकोटा, वडा अध्यक्षहरु रत्नप्रसाद सापकोटा, गोपी कंडेल, समाजसेवीहरु घनश्याम कंडेल, खेमराज सापकोटा, ज्ञानेन्द्र सापकोटा, भिमप्रसाद सुवेदी लगायतको उपस्थिती रहेको थियो ।