
गैँडाकोट । नारायणी नदीमा पानीको सतह खतराको संकेत भन्दा १ मिटर माथी पुगेको छ । बाढीको सतह निरन्तर बढेको र खतराको संकेत नाघेको जल मापन केन्द्र देवघाटले जनाएको छ ।
साँझ ५ः३० बजे नारायणी नदी देवघाट जल मापन केन्द्रमा पानीको वहाव १०.१ मिटर पुगेको छ ।
देवघाट स्थित बाढी मापन केन्द्रमा नारायणीको सतह ७.३ मिटर सम्मको पानीको बहावलाई चेतावनी संकेत मानिन्छ भने ९ मिटरलाई खतराको संकेत मान्ने गरिएको छ । बस्तीमा पानी पसेको छ । घरहरु डुबानमा परेका छन् ।