गैँडाकोटका महिला जनप्रतिनिधिका गुनासा ।
गैँडाकोटका वडा सदस्य सकिला परियार महिलाहरु आर्थिक रुपमा सक्रिय हुन नसक्नु नै प्रमुख समस्याको रुपमा देख्नुहुन्छ ।
गँैडाकोट १४ का वडा सदस्य निर्मला सुनार, महिलाहरुका लागि सीप बृद्धिका लागि प्रयाप्त बजेट अभाव भएको बताउनुहुन्छ ।
गैँडाकोट ९ का वडा सदस्य गोमाता भट्राई पाण्डेको समस्या पनि उस्तै छ । जनताको आवाज त सुनियो तर बजेट प्रयाप्त नहुने भएका कारण सबै काम गर्न सकिएको छैन ।
गैँडाकोट १२ का वडा सदस्य भीमकुमारी चौधरीले महिला दिदिबहिनीको सीपबाट उत्पादित सामग्रीको बजार व्यवस्थापनमा नगरपालिकाले सहयोग गर्नुपर्ने बताउनुभयो ।
अर्का वडा सदस्य छलिमाया परियारले आयआर्जनका बढाउने सीपदिने तौलतरिका परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।
गैँडाकोट १८ का वडा सदस्य तारामाया विक महिलाका विषयमा उठान गर्ने महिला जनप्रतिनिधिकै क्षमता विकास आवश्यक भएको बताउनुभयो ।
गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले महिलाहरुको उद्यमशीलता विकास र बजारीकरणमा नगरपालिका सचेत बनेर काम गरिरहेको बताउनुभयो ।
महिलाहरुको आर्थिक अवस्थाको सुधारका लागि सीप, उत्पादन र बजारीकरण गर्न आवश्यक छ । तवमात्र समाजमा सकारात्मक परिवर्तन आवश्यक छ । महिलाका मुद्धा र विषयमा महिलाहरुले नै आवाज उठाउन अझ आवश्यक छ ।