किसान सहकारीको स्थापना दिवश मनाइदै 

२०८१ असार १५ शनिबार १९:०७:०० मा प्रकाशित

गैँडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडे विविध कार्यक्रम गरी स्थापना दिवश मनाउँदै छ । 

स्थापना दिवशको अवसरमा आयोजीत सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज बृहत खुल्ला रक्तदान कार्यक्रम तथा शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । 

सहज सेवाकेन्द्र गैंडाकोट ४ र कावासोती सेवाकेन्द्र कावासोतीमा गरी दुई ठाउँमा एकैपटक कार्यक्रम गरिएको हो । गैँडाकोटमा ५ वटा सामाजीक संस्थाहरु सहित भएको रक्तदान कार्यक्रममा ५९ जना रक्तदाताले रक्तदान गर्नु भएको थियो भने २४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो । 

सहज सेवाकेन्द्रमा आयोजीत कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भोजराज पौडेलले गर्नु भएको थियो भने प्रमुख अतिथि नेफस्कूनका लेखा सुपरीवेक्षण समितिका संयोजक इन्द्रराज ज्योती पौडेल रहनुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण संस्थाका सचिव सरस्वती कंडेलले गर्नु भएको थियो । संस्थाका निर्वतमान अध्यक्ष श्रीहरि चालिसेले स्वागत मन्तव्य राख्दै किसानले वित्तीय कारोबार मात्र नगरी सामाजिक कृयाकलापहरुमा जोडिदै मानवीय सेवा अन्तर्गत रक्तदान कार्यक्रम र विपन्न सदस्यका छोरा छोरीलाई शैक्षिक सामाग्री वितरण गर्ने कार्य विगत वर्षहरुमा समेत निरन्तर रुपमा यस्ता कृयाकलाप सञ्चालन गर्दै आएको जानकारी गराउनु भएको थियो ।

त्यस्तै कावासोतीमा भएको कार्यक्रममा ६७ जना रक्तदाताले रक्तदान गर्नु भएको थियो भने २६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो । कावासोतीमा संस्थाका उपाध्यक्ष एवं स्थापना दिवश कार्यक्रम कार्यदल संयोजक चिन्तामणी कंडेलको अध्यक्षता एवं जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलकप्रसाद पराजुलीको प्रमुख आतिथ्यमा भएको थियो । उक्त कार्यक्रमको सहजीकरण संस्थाका विभागीय प्रमुख प्रेम अधिकारीले गर्नु भएको थियो । संस्थाका सञ्चालक सदस्य देवी घिमिरेले स्वागत मन्तव्य दिदै सम्पूर्ण उपस्थित अतिथी हरुलाई स्वागत गर्नु भएको थियो । 

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सरसफाई कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम, कर्मचारी मैत्री व्याडमिन्टन प्रतियोगिता, अन्तरसेवा केन्द्र स्तरीय कर्मचारी हाजिरी जवाफ प्रतियोगिता र रक्तदान कार्यक्रम तथा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम रहेका छन् ।