गण्डकी प्रदेश सरकारका यी हुन् बजेटका उद्देश्य र प्राथमिकता

२०८१ असार १ शनिबार १७:२७:०० मा प्रकाशित

पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आव २०८१/८२ को बजेट प्रस्तुत सुरु भएको छ । प्रदेशसभामा अर्थमन्त्री डा. टकराज गुरुङले बजेट प्रस्तुत गरिरहेका छन् ।
आगामी बजेटले विभिन्न विषयलाई आफ्नो उद्देश्य र प्राथमिकतामा राखेको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. गुरुङले बजेटको उद्देश्यमा गुणस्तरीय पूर्वाधार तथा उत्पादन अभिवृद्धि, रोजगारी तथा आयमा वृद्धि गर्नु, मानव पुँजी निर्माण विकासको लक्ष्यको समन्वायिक वितरण स्थापित गर्नु, सामाजिक न्याय र समन्यायिक हासिल गर्नु, गुणस्तरीय सार्वजनिक सेवामार्फत सुशासन अभिवृद्धि गर्नु रहेको बताए ।

यस्तै, बजेटका प्राथमिकतामा दिगो र उत्थानशील पूर्वाधार निर्माण, आय उत्पादन र रोजगारीमा वृद्धि, सामाजिक विकास र समतामूलक समाजको स्थापना, सर्वसुलभ स्वास्थ्य र गुणस्तरीय शिक्षा, सन्तुलित क्षेत्रगत विकास र सुशासन प्रवद्र्धन, गुणस्तरीय सेवाप्रवाह लगायत छन् ।