गैँडाकोट ८ मा बालबालिका सँग जनप्रतिनिधी 

२०८१ असार १ शनिबार १६:२६:०० मा प्रकाशित


गैँडाकोट । वडा बाल संजाल गैँडाकोट ८ ले बालबालिका सँग जनप्रतिनिधी कार्यक्रम गरेको छ ।

शनिवार गैँडाकोट ८ का बालबालिकाले गैँडाकोट नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधी सँग बाल अधिकार, निर्णय प्रक्रियामा बालबालिकाको सहभागिता, बाल विवाहाको समस्या समाधान लगाएतको बिषयमा छलफल गरेको वडा बाल संजालका सचिव प्रस्तुती ज्ञवालीले जानकारी दिनुभयो । 

बालबालिकाले वडालाई बाल मैत्री बनाउन पनि माग गरेका छन् । वडा बालमैत्री बन्नासाथ वातावरण मैत्री पनि बन्ने उनीहरुको बुझाई छ । 

साथै उनीहरुले वडामा खेलमैदान साथै खेल सामाग्री, बालबालिकाको लागि उदघोषक तालिम, अनुशासन तथा नैतीक शिक्षा सम्बन्धि कक्षाको व्यवस्थापन, वडामा पुस्तकालयको व्यवस्थापन, बाल उद्यान, सिर्जनात्मक कार्यक्रम लगाएतको बिषयमा माग राखेको वडा वाल संजालका अध्यक्ष गरिमा अधिकारीले जानकारी दिनुभयो । 
वडा बाल संजालका संयोजक संसार सापकोटाले पछिल्लो समय बालबालिकामा मानसीक समस्या देखिन थालेको बताउँदै यसमा पनि वडाले ध्यान दिनुपर्ने बताउनुभएको छ । गैँडाकोटमा वाल विवाहाको समस्या पनि बढीरहेकाले यसलाई कम गर्न वडाले प्रभावकारी निति बनाउनुपर्नेमा उहाँको जोड छ । 

गैँडाकोट वडा नम्बर ८ का वडा सदस्य खगेश्वर सापकोटा, सुसिला परियार, कमला आचार्य, तर्कबहादुर थापा लगाएतले बालबालिकाले राखेको प्रश्नको जवाफ दिदँै मागलाई प्राथमिकताको आधारमा पुरा गर्दै जाने बताउँनुभएको छ । 

वडाले बनाउँदै गरेको निति तथा कार्यक्रममा पनि बालकालिकाको बिषयलाई प्राथमिकता दिने उहाँहरुको भनाई छ ।