पर्यटकीय स्थल नन्दन सरोबर ढहाव ताल आसपास वृक्षरोपण 

२०८१ जेठ २३ बुधबार १७:०३:०० मा प्रकाशित

गैँडाकोट । नन्दन सामुदायिक वन उपभोक्ता समूह गैँडाकोटले विश्व वातावरण दिवशको अवसर पारेर वृक्षरोपण गरेको छ । बुधबार ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नारा सहित वनले पर्यटकीय स्थल नन्दन सरोबर ढहाव ताल आसपास वृक्षरोपण गरेको हो । 

सो अवसरमा कल्पवृक्ष, अम्बा, कटहर, गोलमोहरको विरुवा रोपिएको नन्दन सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव लिला पौडेलले जानकारी दिनुभयो । 

वनका अध्यक्ष बालकृष्ण गौडेलले नन्दन नामजस्तै स्वर्गको सुन्दर बगैँचा बनाउने योजना अनुरुप ढवाह ताललाई व्यवस्थित गरी पर्यटकीय स्थलका रुपमा विकास गर्न गुरुयोजना अनुसार काम भइरहेको बताउनुभयो ।   

गैंडाकोट ६, ८ र ९ कार्य क्षेत्र रहेको नन्दन सामुदायिक वन उपभोक्ता समूहले वर्षेनी यहाँ वृक्षरोपणसँगै संरक्षणमुखी कार्य गर्दै आइरहको छ । सो अवसरमा समूहका पदाधिकारी, सदस्य र उपभोक्तको उपस्थिती थियो ।