अक्सफोर्ड स्कूलको “समाजसँग अक्सफोर्ड” कार्यक्रम

२०८१ जेठ २३ बुधबार १६:५७:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोटमा रहेको अक्सफोर्ड सेकेन्डरी स्कूलले “समाजसँग अक्सफोर्ड” कार्यक्रम गरेर ५२ औं विश्व वातावरण दिवश मनाएको छ ।

बुधबार “समाजसँग अक्सफोर्ड” कार्यक्रम अन्तर्गत विद्यालयले सचेतना ¥याली र डस्बिन वितरण गरेको हो । विद्यालयले धौलागिरी टोल विकास संस्थालाई ५ वटा डस्बिन वितरण गरेको विद्यालयका शिक्षक नारायण सिग्देलले जानकारी दिनुभयो । 


त्यस्तै विद्यार्थीले वातावरण संरक्षणको विषयमा विभिन्न प्ले कार्ड सहित विद्यालयबाट शिलान्यास चोक हँुदै मौलाकालिका मार्ग, धौलागिरी टोल, मिलन टोललाई परिक्रमा गरेको थियो ।

¥यालीमा विद्यार्थीले ‘हाम्रो भूमि, हाम्रो भविष्य’, ‘वातावरण सफा राखौँ, स्वस्थ बनाँै’, ‘काठलाई होइन, रुखलाई माया गर्न सिकौँ’, ‘प्रकृतीसँग हाम्रो सम्बन्ध रहिरहोस् अनन्त’, ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनःस्थापना’ लगाएतको नारा लगाएका थिए । 

अक्सफोर्ड सेकेन्डरी स्कूलका शैक्षिक सल्लाहकार डा.वसन्त अधिकारीले वातावरण संरक्षणका लागि विद्यालय समाजसँग जोडीन आवश्यक रहेका कारण यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 
धौलागिरी टोल विकास संस्थाका अध्यक्ष चन्द्रबहादुर अधिकारीले समाजसँग स्कूल जोडीनु राम्रो पक्ष रहेको बताउनुभयो ।
कार्यक्रममा विभिन्न महिला सञ्जालका प्रतिनिधि, बाल क्लबका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।