नारायणी नदी पुलबाट राती हामफालेर घाइते भएकी एक युवतीको उद्धार

२०८१ बैशाख ३१ सोमबार १५:४८:०० मा प्रकाशित

गैँडाकोट । नारायणी नदी पुलबाट राती हामफालेर घाइते भएकी एक युवतीको उद्धार गरिएको छ । 

तनहुँ रिसिङ होटलमा काम गर्ने सुनसरी धरान उपमहानगरपालिका ६ घर भएकी १७ वर्षिया युवती राती सवा १ बजे पुलबाट हाम फालेकी थिइन् । पुलबाट हाम फालेकी उनी करिब २ किलोमिटर तल नारायणी नदी किनारमा उत्रिएकी थिइन् । 

गैँडाकोट ५ स्थित राधाकृष्ण मन्दिर नजिक नारायणी नदी किनारमा राती चिच्याएर रोइरहेको अवस्थामा स्थानियले सुनेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै प्रहरी टोलीले उनलाई उपचारको लागि नयाँ मेडिकल कलेज चितवन पठाएको छ । 

उनको बायाँ खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरी भनाइ छ । उनको उपचारमा सोही होटलको साहु संलग्न रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । निजको घरमा खबर भई निजको दाई हिडिसकेको र आउने क्रममा रहेको प्रहरी भनाई छ । 

उनी विवाहित रहेको श्रीमान कामको सिलसिलामा भारत रहेको समेत जनाइएको छ । 

घटनाको थप विवरण बुझ्ने तथा अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।