विद्यार्थी नेतृत्व निर्वाचनका लागि गैँडाकोट ईङ्लिस स्कुलमा पत्रकार सम्मेलन 

२०८१ बैशाख ३० आइतबार १८:०९:०० मा प्रकाशित


गैँडाकोट । विद्यार्थी नेतृत्व निर्वाचनका लागि गैँडाकोट ईङ्लिस स्कुलमा पत्रकार सम्मेलन गरिएको छ ।

आइतवार जेठ ९ गते हुने निवार्चनका लागि विद्यार्थीहरुले पत्रकार सम्मेलन गरि यसमा नियम, प्रक्रियाका बिषयमा जानकारी गराएका हुन । जहाँ निवार्चन आयोगको र पत्रकारको भूमिकामा कक्षा १० मा अध्ययनरत विद्यार्थी रहेका छन् । 

प्रमुख निर्वाचन आयुक्तको भूमिकामा रहनुभएका रुपेशकुमार मुखियाले जेठ ९ गते निर्वाचन हुने जानकारी दिनुभएको हो । त्यस्तै पत्रकारले सोधेका प्रश्नहरुको जवाफ दिदँै निर्बाचन आयुक्त तथा प्रबक्ता प्रान्जल पौडेलले निर्वाचनलाई धादलीरहित बनाउन सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । 

जेष्ठ ९ गते हुने निर्वाचनबाट विद्यार्थी प्रमुख, उपप्रमुख, वाल क्लबका अध्यक्ष, उपाध्यक्ष, ४ वटा सदनका प्रमुख तथा उपप्रमुख चयन गरिने विद्यालयका शिक्षक जिवन दवाडीले जानकारी दिनुभयो । 

निर्वाचनमा भाग लिने विद्यार्थीले गत वार्षिक परिक्षामा कम्तिमा ३ः२५ जिपिए ल्याएको, २ बर्ष नेतृत्व तहमा काम गरेको, अनुशासन कार्वाहीमा नपरेको र कक्षा ७ देखी ९ सम्म अध्ययनरत गरेको हुनुपर्ने छ ।