एम्स एब्रोड एजुकेशनद्वारा शैक्षिक सामग्री वितरण 

२०८१ बैशाख २८ शुक्रबार १९:००:०० मा प्रकाशित


गैँडाकोट । पूर्वी नवलपरासीको बुलिङटारमा रहेको जनजागृति माध्यमिक विद्यालयका १७ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । भरतपुर र गैँडाकोटमा रहेको एम्स एब्रोड एजुकेशनले सो विद्यालयका १७ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलव्ध गराएको हो । संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत सो विद्यालयका विद्यार्थीहरुलाई (कापी, कलम, सिसाकलम, ज्यामिती बक्स, क्याल्कुलेटर) लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको एम्स एब्रोड एजुकेशनका प्रवन्ध निर्देशक कृष्ण कंडेलले जानकारी दिनुभयो ।


जनजागृति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टकबहादुर खण्डलुकको अध्यक्षता तथा प्याब्सनका केन्द्रिय उपाध्यक्ष गोपेन्द्रकेशरी न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका संस्थापक अध्यक्ष शेर बहादुर सुनारी, गाउँ शिक्षा समितिका सदस्य भोज कुमार डिस्वा,विद्यालयका प्रअ हिरा सिंह रेश्मी लगायतको उपििस्थति रहेको थियो ।