कालीबहादुरको मुद्दाको मिसिल सर्वोच्चबाट झिकाउन जिल्ला अदालतको आदेश

२०८० चैत २१ बुधबार १७:३५:०० मा प्रकाशित

चितवन - जिल्ला अदालत चितवनले माओवादी पूर्वकमाण्डर कालीबहादुर खामको मुद्दामा सक्कल मिसिल झिकाउन आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालले व्यापारी रामहरी श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका माओवादीका पूर्वकमाण्डर कालीबहादुरको मुद्दाको मिसिल सर्वोच्चबाट झिकाउन आदेश दिएका हुन् ।

सर्वोच्चबाट सक्कल मिसिल प्राप्त भएपछि खामलाई अदालतमा उपस्थित गराउन न्यायाधीश ढकालले आदेश दिएका हुन् । आदेशपछि खामलाई पुनः प्रहरीको जिम्मा लगाइएको श्रेष्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

खामलाई हिजो प्रहरीले काठमाडौंको ठमेलबाट पक्राउ गरेर आज चितवन ल्याइएको हो । आजै उनलाई अदालत उपस्थित गराएर लामो समयदेखि मुल्तबीमा रहेको मुद्दा अगाडि बढाइएको छ ।