“रातो अभियान” का सदा स्मरणीय अभियान्ता - स्व. लक्ष्मी भट्टराई
अदम्य साहस र दृढ सङ्कल्पकी प्रतिमूर्ति
स्व. लक्ष्मी भट्टराई अदम्य साहस र दृढ सड्ढल्पकी प्रतिमूत्र्ति हुनुहुन्छ । एकल महिलाले रातो र∙ तथा वस्त्रादी प्रयोग गर्न नहुने र∙भेदीय परम्परा विरुद्ध राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा नै सशक्त पैरवीका प्रमुख अगुवाका पर्याय हुनुहुन्छ ।
एकल महिला अभिनन्दन “रातो अभियान” का अभियान्ता, सामाजिक व्यक्तित्व भट्टराई अदम्य साहस र दृढ सड्ढल्पका साथ अग्रसर रही देशकै पहिलो रातो अभियानको सफल नेतृत्व गरेकाले संविधान दिवसको अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिज्यूबाट ‘जनसेवाश्री’ मानपदवीबाट विभूषित व्यक्तित्व हुनुहुन्छ ।
नेपालमा नै पहिलो पटक २०६१ साल फागुन १५ गते महिला–महिला बीचको विभेदको अन्त्यको उद्घोष गर्दै एकल महिला (विधवा) को पक्षमा वकालत शुरु गर्नुभएकी भट्टराई पछिल्लो समय गैँडाकोट वडा नम्बर ४, नवलपरासी (बर्दघाट सुस्तापूर्व) बस्दै आउनुभएको थियो । गहुँगोरो वर्णकी भट्टराई सानैदेखी दयालु र सबैका प्रिय हुनुहुन्थ्यो । भट्टराईले आÇनो जीवनकालका महŒवपूर्ण समय समाजसेवा र राजनीतिको माध्यमबाट सामाजिक, महिलाको आर्थिक तथा सांस्कृतिक रुपान्तरणको अभियानका लागि लगाउनुभयो । सकारात्मक सामाजिक परिवर्तनका लागि भट्टराई एउटा असल अभियान्ता हुनुहुन्थ्यो ।
२०३० साल फागुन २३ गते चितवनका शौरहा पारीको गाउँ सविक पदमपुरमा जन्मनुभएका उहाँको बाल्यकाल आमा जमुनादेवी भट्टराईका काखमा नै बित्यो । उहाँले बुबा शालिकराम भट्टराईको ममताको आभाष गर्नपाउनुभएन । उहाँ जन्मिएको २ वर्षमा नै बुबालाई गुमाउनु भयो । २ वर्षको कलिलो उमेरमा बाबुका अनुहार समेत याद गर्न सक्ने कुरा भएन । तथापी बाबुको कतव्र्य उहाँको आमाको काँधमा आइप¥यो । आमाको त्यो भूमिकामा उहाँ सहयोगीका रुपमा उभिनुभयो । उहाँको परिवारमा तीन जना दिदिबहिनी र १ जना दाजु मात्रै थिए । उहाँको दाजु माधव भट्टराई, दिदि वृन्दा भट्टराई न्यौपाने र बहिनी पार्वती भट्टराई घिमिरे हुनुहुन्छ ।
उहाँको दिदि वृन्दाको पनि सानै उमेरमा विवाह भयो । दाई पढ्न तिर लाग्नुभयो । व्यवहारिक रुपमा आमाको सहयोगीका रुपमा उहाँको भूमिका थियो । उहाँले स्नातक सम्मको अध्ययन गर्नुभएको छ । त्यो मातृत्व र शिक्षा दिक्षाको अवसरबाट भने वञ्चित हुनु परेन । उहाँको पनि १७ वर्षको कलिलो उमेरमा नै विवाह भयो । २०४८ सालको असार २९ मा उहाँको विवाह कावासोती नयाँगाँउ स्थित हरि सिग्देलसँग भएको थियो । पेशाले उहाँको श्रीमान भैरहवा स्थित आँखा अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । कावासोतीमा उहाँ धेरै समय बस्नुभएन ।
२०४९ सालको वैशाख २४ मा छोरा विवेकलाई जन्म दिनुभयो । दिनहरु वित्दै थिए । एकपछि अर्को खुसी थपिदै थिए । दिन सुखमय बन्दै थिए । यी सबै खुसी धेरै दिन टिकेन ।
विवाह भएको २ वर्षपछि उहाँमाथी बज्रपात आई प¥यो । सँगै जीउने बाँच्ने कसम खाएका जीवनसाथीले साथ छाडे । २०५० सालको साउनमा उहाँको श्रीमानको देहान्त हुन पुग्यो । त्यति बेला उहाँको काखमा एक वर्षको छोरा थिए । त्यसमाथी ग्रभिणी । काखमा सानो २ वर्षको छोरा त्यसमाथी दोजिया शरीर, श्रीमानको साथ टुट्नु असह्य बन्यो । २०५० साल साउन १६ गते शनिबारका दिन काठमाडौँबाट आउने हवाइजहाज सोलिघोप्टेमा दुर्घटनामा परेको थियो । उहाँको श्रीमान सोही विमान दुर्घटनामा परि ज्यान गुमाउनुभएको थियो । मुस्किलले उहाँले श्रीमानसँग चानचुन १ महिना अर्थात ३० दिन मात्रै सँगै बिताउनुभएको होला । कामको शिलशिलामा समेत श्रीमान बाहिर हिँडिरहनुपर्ने भएकोले सँगै बस्ने समय प्राय हुँदैनथ्यो । त्यो विमान दुर्घटनाले १९ वर्षको उमेरमा नै उहाँलाई विधवा बनायो । ४ महिनाको गर्भिता त्यसमाथी सानो बच्चा काखमा थियो । कसैले कल्पना समेत गर्न सक्दैन उहाँ कसरी सम्हालिनुभयो ।
श्रीमानको देहवासनको २४ दिनपछि उहाँलाई भने माईतीपक्षले शरण दिए । माइतीमा नै रहँदा २०५० साल पुष २८ गते अर्को छोरालाई जन्म दिनुभयो । ३ वर्षपछि त्यो कान्छो छोराले समेत साथ छाड्यो । २०५३ साल असोजमा उपचारको क्रममा कान्ती बाल अस्पताल काठमाडौँमा काखे बालकको निधन हुन पुग्यो । जती नै उपचार गरेपनि दैवको अगाडी उहाँको केही चलेन । श्रीमान र छोराको मृत्य उहाँका लागि अगाडीका सबै ढोका बन्द भए जस्तै भयो । ती दिन कम्ता पिडा भएन । तर काखको जेठो छोरो, परिवार र समुदायको प्रेरणाले उहाँलाई जीउन सिकायो । जीवन संघर्ष हो । त्यो प्राप्तीका लागि पनि जीउन जरुरी छ भन्ने कुराले उहाँलाई बलियो मार्गतर्फ डो¥यायो । जिन्दगी नै छैन भन्ने उहाँको सोंचमा एकाएक परिवर्तन आयो । उहाँले संघर्ष गर्दै जानुभयो । आफ्नो भन्दा पनि बच्चाको भविष्यलाई हेर्दा आफुलाई नै बिर्सनुभयो । उहाँमा लाभको लोभ रहेन ।
१९ वर्षको उमेरमा जीवनसाथी गुमाउनुप¥यो । ता की अहिले यो उमेर भनेको विवाहका लागि उपयुक्त उमेर पनि होइन् । विवाहवारी २० वर्ष पारी भन्ने उखानै छ । त्यसो त २० वर्ष नपुगी गरिने विवाहलाई राज्यले समेत मान्यता दिदैन । विवाह गर्ने उमेर नपुग्दै विवाह हुनु, श्रीमान र छोरा गुमाउनुको पिडा असह्य थियो । त्यसमाथी त्यस समय र परिस्थितिकाल । २०५० साल अघि एकल जीवन जिउनु कम्ता कठोर थिएन । श्रीमान गुमाउनुको पिडा त छँदै छ, त्यसमाथी समाजले हेर्ने दृष्ट्रिकोण र लगाउने लाञ्छना उस्तै हुन्थ्यो । खानपान, हिँड्डुल, लगाउने बस्त्रादी, चालचलन सामाजिक नियम कठोर थियो । कतिसम्म भने घरमा रातो फूल समेत राख्न दिइँदैन्थ्यो । रेडियोमा गीत सुन्न समेत रोक लगाउँथे ।
दोस्रो बिहे कल्पना बाहिरको कुरा थियो । त्यो कलिलो उमेरमा उहाँले अर्को विवाह कल्पनासमेत गर्नुभएन । उहाँलाई परिवारप्रतिको मोहले लोभ्यायो । परिवारलाई नै प्राथमिकतामा राख्नुभयो । घर परिवारको माया र साथले पनि उहाँलाई अघि बढ्ने हौसला मिल्यो । समाजले लाञ्छना लगाउन सक्ने डरले शुरुवाती अवस्थामा समाजमा कमै घुलमिल नभएपनि पछि त्यहि समाजमा उहाँले उदाहरणीय, प्रशंसनिय कार्य गरेर देखाउनुभएको छ । त्यसका लागि माइती नै उहाँको प्रेरणाको श्रेय थिए ।
२०५० सालको कहालिलाग्दो त्यो विमान दुर्घटनापछि २०५१ सालमा भने उहाँ गैँडाकोट ४ मा आइ बसोबास गर्न थाल्नुभयो । त्यो बेला घर चलाउनु कम्ता सास्ती थिएन । उमेर पनि कम निर्णय गर्न सक्ने क्षमता पनि कम भएको जस्तो भान हुन्थ्यो । माइती पक्षले विशेषगरी आमाको संरक्षणमा उहाँको समय वित्दै गयो र बलियो पनि भयो । समाजमा हिजोका दिनमा अन्य विधवाले भोग्नुपरेको र गर्नुपरेको सामनाको डर उहाँमा थियो । एक्लो महसुस गरेर शुरुवाती दिनमा समाजमा घुलमिल कम भएकै हुन् । तर कहिले सम्म ? उहाँ विस्तारै समुदायमा घुलमिल हुन थाल्नुभयो । पछि यही समुदायले साथ थियो । आश्मा फाइनान्समा साइकल चलाएर पैसा कलेक्सन गर्नेदेखी आइपर्ने हर काम गर्न तयार हुनुभयो । तत्कालिन मुकुन्दसेन बचत सहकारीमा जागिरको अवसर मिल्यो । छोरो पढाउनु पर्ने उहाँको काँधमा ठूलो जिम्मेवारी थियो । उहाँ कहिल्यै महत्वाकाङ्क्षी बन्नुभएन । छोरालाई शिक्षा दिक्षा गराई एउटा बाबु र आमाको जिम्मेवारी उहाँले निर्वाह गर्नुभयो ।
हाल उहाँका छोरा विवेक सिग्देल र बुहारी रिता सापकोटा सिग्देल अष्ट्रेलियामा हुनुहुन्छ ।
त्यो कलिलो उमेरमा समुदायका व्यक्तिले विधवा भनेर पत्याउन सक्ने कुरा भएन । कतिपय स्थानमा विवाहको परिचय समेत नखुलाई उहाँले परिचय दिने गर्नुहुन्थ्यो । कलिलो उमेरमा भएको विधवा त्यसले कमजोर महसुस गराएपनि उहाँले हिम्मत हार्नुभएन । कमजोर महसुस कहिले सम्म गर्ने ? उहाँमाथी प्रश्न मडारिन थाले । त्यसमाथी हिजोका दिनमा उहाँको आमाहरुले भोग्नुपरेको दर्दनाक पिडा उहाँले देख्नुभएको थियो, सुन्नुभएको थियो र भोग्नुसमेत प¥यो । विधवा भएकै कारण शुभ कार्यमा जान हुँदैन भन्ने मान्यता समाजमा कायम थियो । अन्ततः उहाँ श्रीमानको मृत्यु हुँदा श्रीमतीलाई लगाईने लाञ्छना विरुद्ध उभिने निर्णयमा पुग्नुभयो ।
उहाँले सधैं एउटा मात्रै सपना देखिरहनुभयो । बेलुका सुत्ने बेलामा सँधै यो समाजमा रहेका हरेक सेतो वस्त्रधारी महिलाहरुको उद्धार गर्नुमा उहाँ कल्पना बुन्ने गर्नुहुन्थ्यो । खाडलमा रहेका ती महिलाहरुलाई बाहिर निकाल्नुसँग घोत्लिरहनुहुन्थ्यो । एक विद्यालयमा पढाउन जाने निधो गरी जाँदा विद्यालयमा रातो साडी लगाउनुपर्ने नियम र गेटबाटै फर्कनुपरेको तितो यथार्थ उहाँसँग थियो । त्यो खिन्नता चिर्न मनले जोडबल गरिरह्यो । रातो लगाउन किन नहुने उहाँको मानसपटलमा खेलिरह्यो । अन्ततः उहाँले देखेको सपनाले साकार रुप लियो । सपना यथार्थ भएको त्यो दिन थियो, २०६१ फागुन १५ गते ।
उहाँले यसलाई आत्मबल र आत्मविश्वास बढाउने अभियानका रुपमा चित्रण गर्नुहुन्थ्यो ।
उहाँका मनमा कुण्ठित त्यो भावना उजागर गर्न हौसायो । गैँडाकोट ५ मा रहेको सहमति नामक गैरसरकारी संस्थाले महिलाका समस्या र सवाल उठाउन साक्षरता कार्यक्रम चलाएको थियो । समूहमा २५ जना महिला थिए । उक्त कार्यक्रममा समूहका एकल महिलाले रातो लगाउन किन नहुने भनेर छलफल चलाइएको थियो । हरेक हप्ता यो विषयमा कक्षा चल्न थालेपछि घरघरमा छलफल सुरु भएको थियो । उहाँ पनि सोही कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । उहाँ अग्रपङ्तीमा उभिनुभयो ।
श्रीमान् बितेको महिलालाई रातो लगाउनै नदिने । रातो नलगाएपछि बिहे, पूजा र अन्य सुखद क्षणमा पनि अगाडि आउन नदिने परिपाटी चिर्न उहाँले समूहमा छलफल चलाएसँगै अन्यले पनि साथ दिएका थिए । विधवा शब्दले महिलालाई मानसिक रूपमा निकै प्रताडित बनाएको ठहर पछि श्रीमान्को निधनपछि रङमा छेकबार लगाउन हुन्न भनेर अयिभान चलाउने उहाँ नै रातो अभियानको अगुवा हुनुहुन्छ ।
२०६१ फागुन १५ गते । तत्कालिन गैँडाकोट गाविस भवनको चौरमा धेरै संख्यामा महिला भेला भएका थिए । एकल महिलाले ‘रातो टीका र कपडा लगाउने’ उक्त कार्यक्रम हेर्न सर्वसाधारणको पनि राम्रै जमघट थियो । समाजका लब्ध प्रतिष्ठित, पुरोहित, कानुनविद् र धर्मसंस्कारसँग सम्बन्धितसँगै परिवारका अगुवा सासु ससुराले यस कार्यमा साथ दिएका थिए । भेला भएका एकल महिलालाई रातो टीका लगाउन शुरु गरिएको थियो । श्रीमान् दिवङ्गत भएको ११ वर्षपछि लक्ष्मीले सामूहिक रूपमा रातो टीका कपडा लगाउन सुरु गर्नुभयो । छोरा विवेकर माइती आमा जमुनादेवी भट्टराईले नै रातो लगाइदिए । सो दिन नेपाल बन्द भएका कारण कावासोतीदेखी सासुआमा भने आउन पाउनुभएन । त्यो दिन २०८ जना एकल महिलाले रातो टीका र कपडा लगाए । जसको समाचार देशभर फैलियो । त्यसपछि देशका हरेक ठाउँमा यस्तो प्रकृतिको कार्यक्रम आयोजना हुन थालेको पाइन्छ । पछि उहाँले नै आफ्नो जेठानी दिदिलाई घरमा नै रातो बस्त्र लगाइदिनुभयो । संस्थाकै पहलमा नारी कल्याण एकल महिला पैरवी मञ्च गठन गरेर उनीहरूले देशका विभिन्न ठाउँमा कार्यक्रम गरे । पछि रातो अभियान स्वस्फूर्त देशव्यापी हुन पुगेको थियो ।
त्यस दिन रातो ग्रहण गरेका नारी कल्याण एकल महिला पैरवी मञ्चमा आवद्ध एकल महिलाले मञ्चका माध्यमबाट अहिले पनि हरेक वर्ष फागुन १५ गते देवघाट वृद्धाश्रममा वृद्धवृद्धालाई खाना खुवाउने कार्यक्रम गर्दै आएका छन् । जसलाई भट्टराईको योगदानका रुपमा लिने गरिएको छ ।
अहिले रातो लगाउन नहुने भन्ने छैन । १३ दिनपछि नै रातो लगाएर नहिँडे पनि वर्ष दिन हुँदा नहुँदै रातो लगाउन सुरु गर्छन् । अहिले लगाउन हुने नहुने भन्ने नै छैन । यो पनि त्यहि अभियानको जग हो । उहाँकै नेतृत्वमा मञ्च गठन गरेर देशका विभिन्न ठाउँमा कार्यक्रम भए । अहिले रातो अभियान स्वस्फूर्त देशव्यापी भएको छ ।
१९ वर्षअघि २०६१ सालमा सुरु गरिएको रातो अभियानले एकल महिलाको अनुहारमा खुसी र आत्मबल बढाएको मात्र छैन निरन्तर मानवीय सहयोगमा समेत सक्रिय छन् । नारी कल्याण एकल महिला पैरवी मञ्च गठन गरी शुरुवात गरिएको यस अभियानका माध्यमबाट समाजमा महिलालाई अघि बढेर हिंड्न हौसला बढाएको छ । सोही मञ्चका माध्यमबाट उहाँकै अगुवाईमा गैँडाकोट ४ मा गार्मेन्ट समेत स्थापना गरी रोजगारको अवसर प्रदान गर्नुभयो । एकल महिलाहरु आर्थिक रुपमा समेत सबल बन्न थाले । शुभ लक्ष्मी कलेक्सन कपडा पसल खोलेर समेत आफुलाई समेत आर्थिक रुपमा सशक्त बनाउन थाल्नुभयो ।
उहाँको योगदानको चर्चा सामाजिक कार्यक्रममा हुन थाल्यो । संघ संस्थाले उहाँको उदाहरण प्रस्तुत गर्न थाले । उहाँले समाजले पत्याएको एक सशक्त नारीको परिचय बनाउनुभएको थियो । गाउँ, नगर, क्षेत्र, जिल्ला र समग्र देशमा वाहीवाही हुनुहुन्थ्यो । उहाँको योगदानको उच्च मूल्याङ्कनका साथ नेपाल सरकारले उहाँलाई सम्मान गर्ने निधो ग¥यो । भट्टराई २०७८ सालको संविधान दिवसको अवसरमा नेपाल सरकारद्वारा सिफारिस भई राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘जनसेवाश्री’ मानपदवीबाट सम्मानित हुनुभयो । यो उहाँका लागि मात्रै नभएर समग्र एकल महिलालाई गरिएको सम्मान थियो । यो सम्मानले गैँडाकोट मात्र नभइ यस क्षेत्रको शाख उचो बनायो । उहाँ दर्जनौ संघ संस्थाबाट सम्मानित व्यक्तित्व समेत हुनुहुन्छ ।
भट्टराई मनकारी व्यक्तित्व समेत हुनुहुन्छ । गैँडाकोट ४ एक्सेसाल स्थित १२ जना सदस्य रहेको परिवारलाई आश्रय दिइ असल सामाजिक सेवमा समर्पित गरी अभिभावकत्व समेत ग्रहण गर्नुभएको छ । एकजनाले दुई श्रीमती विवाह गरेका थिए । जेठीतर्फ १ छोरा र २ छोरी गरी ५ जना र कान्छीतर्फ २ छोरा र ५ छोरी गरी ७ जना सहति १० जना र उनै दुई महिलालाई आश्रय प्रदान गर्नुभएको छ । उनीहरुको श्रीमानको निधनपछि त्यो परिवारको विचल्ली देख्न नसकेर १२ धुर जग्गा प्रदान गरी ३० हजार खर्च गरी घर बनाएर भोगाधिकार प्रदान गर्नुभयो । अहिले पनि उनीहरु सोही घरमा बस्दै आएका छन् । उनीहरु आफन्ती पनि होइनन् । उनीहरुको दुःख देख्न सक्नुभएन । उनीहरुको उद्धार भयो । घरबारबिहीन परिवारलाई आश्रय प्रदान गरी मानवीय हितमा उपकार गर्नुभयो ।
२०७९ कार्तिकमा उहाँ अष्ट्रेलिया प्रस्थान गर्नुभएको थियो । आम र दिदिसँगै उहाँ करिब ६ महिना अष्ट्रेलिया नै रहँदा स्वास्थ्यमा समस्या देखियो । जीवनको मध्यकालिन समयको दौरानमा उहाँ अकस्मात बिरामी पर्नुभयो । घाँटीमा समस्या देखिएपछि उहाँ उपचारका लागि नेपाल फर्कनुभएको थियो । दिदिसँगै उहाँ उपचारकै लागि अष्ट्रेलियाबाट फर्केर काठमाडौँबाटै भारतको गोरखपुर प्रस्थान गर्नुभएको थियो ।
एकल महिलाले रातो र∙ तथा वस्त्रादी प्रयोग गर्न नहुने र∙भेदीय परम्परा विरुद्ध राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमानै सशक्त पैरवीका प्रमुख अगुवा उनै लक्ष्मी भट्टराईको मिति २०७९ चैत्र ०६ गतेका दिन ४९ वर्षको उमेरमा असामयिक निधन हुन पुग्यो । भारतको गोरखपुर मेडिकल कलेजमा देह लिला त्याग गर्नुभयो । उपचारकै क्रममा उहाँ स्वर्गबास हुनुभयो । महिला नेतृ एवं सामाजिक अभियान्ता गैँडाकोटकी लक्ष्मी भट्टराईको पार्थिव शरीर त्यसको दुई दिनपछि बुधबार मात्रै गैँडाकोट ल्याई गैँडाकोट २ स्थित नारायणी नदी किनारमा हिन्दु धार्मिक संस्कार अनुसार अन्तिम दाहसंस्कार गरिएको थियो । श्रीमानको निधन भएको २९ वर्षपछि उहाँको स्वर्गारोहण भएको हो । त्यो दिन उहाँको अन्त्यष्टिमा जनसागर उर्लिएको थियो ।
उहाँ रातो अभियान सञ्चालन गर्ने नारी कल्याण एकल महिला पैरवी मञ्चको संस्थापक अध्यक्ष, विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड (विजय एफएम १०१.६) को पूर्व सञ्चालक सदस्य, सहमति संस्थाको उपाध्यक्ष, गैर सरकारी संस्था महासंघ नेपाल नवलपरासी जिल्लाको कार्य समिति सदस्य, नेपाली काँग्रेस, रोटरी, लायन्स क्लब, गैँडाकोट खानेपानी, मुना सहकारी, सिग्देल बन्धु प्रतिष्ठान, कञ्चन आमा समूह लगायत विभिन्न संघ संस्थामा आवद्ध रही योगदान दिनुभएको छ । यसका अलवा उहाँले थुप्रै स्थानीय संघसंस्थाहरु, धार्मिक क्षेत्र एवम् सामाजिक विकास संस्थामा छाडेका छाप स्मरणयोग्य र छर्ल∙ छ । उहाँको अभाव खड्किरहने छ ।