गैँडाकोट ८ पूर्ण किसान सदस्य वडा घोषणा

नवलपुर । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गैंडाकोट ८ लाई पूर्ण किसान सदस्य वडा घोषणाा गरेको छ ।
६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाले गैंडाकोट ८ लाई पुर्ण किसान सदस्य वडा घोषणा गरेको हो । कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गैँडाकोट ८ लाई पूर्ण किसान सदस्य वडा घोषणा गर्दै निम्न आए भएका नागरिकको जिवनस्तर उकास्ने गरि काम गर्न आग्रह गर्नुभएको छ । उहाँले नगरका सबै वडामा वित्तिय सचेतना फैलाउन आग्रह गर्नुभएको छ ।
९ सय ६६ घरधुरी रहेको गैँडाकोट ८ मा ९ सय ४८ घर किसान बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्य रहेको संस्थाका अध्यक्ष भोजराज पौडेलले जानकारी दिनुभयो । पूर्ण वडा सदस्य बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै उहाँँले आफ्नै संस्थामा आर्थिक कारोबार गर्न समेत आग्रह गर्नुभएको छ ।
गैँडाकोट नगरपालिकाका नगरउपप्रमुख शान्ति कोइरालाले सहकारीहरूले महिलामा लगानी बढाउन जरुरी रहेको बताउनुभएको छ ।
गैँडाकोट ८ का वडा अध्यक्ष प्रेम सापकोटाले २७ बर्ष अगाडी गैँडाकोट ८ मै कार्यालय स्थापना गरि सुरु भएको किसानले यसै वडालाई पूर्ण सदस्य वडा बनाउन सक्नु नै संस्थाको बलियो आधार रहेको बताउनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय कलाकार उमादेवी खनाल र दुर्गा सापकोटाको प्रस्तुती समेत रहेको थियो । सोही अवसरमा ११ वटा टोलमा डस्वीन वितरण समेत गरिएको थियो ।
विजय नगर सेवा केन्द्रका संयोजक डिलाराम सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कार्यक्रमको औचित्य माथि संस्थाका निवर्तमान अध्यक्ष श्रीहरी चालिसेले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव सरस्वती कंडेलले गर्नुभएको थियो ।