पेट्रोलको मुल्य बढ्यो
![](https://vijayafm.org.np/uploads/news/images/petolo2024-04-01-04-53-01.jpeg)
काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैँयाले बढाएको छ । निगम संचालक समितिको आज बसेको बैठकले राति १२ बजेपछि लागुहुने गरी पेट्रोलको मुल्य ४ रुपैँया बढाएको हो । पेट्रोलको मुल्य बढाएसँगै राजधानीमा पेट्रोलको मुल्य १७५ रुपैँया पुगेको छ । अन्य पेट्रोलियम पदार्थको मुल्य भने यथावत राखिएको निगमले जनाएको छ ।