किसान बचत सहकारीद्वारा वित्तीय साक्षरता तालिम प्रदान

गैँडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैँडाकोटले वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । संस्थाका सदस्यहरुलाई दुई दिने तालिम प्रदान गरेको हो । बुधबार र बिहीबार गैँडाकोट रिसोर्टमा भएको कार्यक्रममा सहकारीका सञ्चालक एवं व्यवस्थापक लगायतले सहजिकरण गर्नुभएको थियो ।
विजयनगर सेवा केन्द्रका संयोजक डिलाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष, सञ्चालक सदस्य एवं शिक्षा उप समिति संयोजक गोपालप्रसाद गौतम, सञ्चालक सदस्य प्रेम सापकोटा, नरबहादुर थापा, पूर्व उपाध्यक्ष फुलुमाया पराजुली लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वित्तीय सचेतनासँगै पारिवारिक वित्तीय व्यवस्थापन, संस्थामा जानकारी लिनुपर्ने पक्षबारे अवगत गराइएको थियो । विजयनगर सेवा केन्द्रका संयोजक डिलाराम सापकोटाले बचत गर्ने बानीको विकास गर्न पनि यस कार्यक्रमले सघाउ पुराउने विश्वास व्यक्त गर्नुभयो । बचत र यसका फाइदा बारे चेतना अभिवृद्धी गर्ने उद्देश्यले वर्षेनी यस्ता कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।