अनेरास्वबियु गैडाकोटले गर्यो श्रीमद रामानुज वेद विद्या आश्रममा शैक्षिक सामग्री सहयोग 

२०८० फाल्गुण १९ शनिबार १७:४१:०० मा प्रकाशित


गैँडाकोट । अनेरास्वबियु गैडाकोट नगर कमिटीको आयोजनामा गैडाकोट १ स्थित श्रीमद रामानुज वेद विद्या आश्रममा शैक्षिक सामग्री वितरण गरिएको छ ।

अनेरास्वबियु गैडाकोट नगर कमिटीले गुरुकुलमा रहेका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको अनेरास्वबियु गैडाकोट नगर कमिटी अध्यक्ष नवीन ढकालले जानकारी दिनुभयो ।

अनेरास्ववियु नवलपुर जिल्ला सचिवालय सदस्य प्रमोद पोखरेलले अनेरास्वबियु गँैडाकोट नगर कमिटीको शैक्षिक सहयोग कार्यक्रम उत्कृष्ट रहेको बताउनुभयो । उहाँले पश्चिमा सभ्यताले समाजमा जरा गाडेको समयमा गुरुकुलले हाम्रो सभ्यता जोगाएको बताउनुभएको छ ।

अनेरास्ववियु सधै विद्यार्थी हकहितका लागि डटेर लाग्दै हाम्रो सभ्यता र संस्कार पक्षमा उभिने उहाँको भनाई छ। गैंडाकोट नगर कमिटी सचिब कमरेड दिनेश कुमार ठाडाले सहजिकरण गरेका गर्नुभएको थियो।