हरेराम हरिकृष्ण मन्दिर गैँडाकोट २ मा नयाँ नेतृत्व

२०८० माघ २८ आइतबार ०७:४८:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट २ अवस्थित श्री हरिकृष्ण महिला विकास समूह (हरेराम हरिकृष्ण मन्दिर) को चौँधौ साधारण सभा एवं आठौँ अधिवेशन सम्पन्न भएको छ । 

अधिवेशनले समूहको अध्यक्षमा प्रमिला तिवारी सापकोटा, उपाध्यक्षमा तारा सापकोटा, सचिवमा सुलोचना आचार्य गौतम, कोषाध्यक्षमा दानुकुमारी घिमिरे, सह सचिवमा नारायणी पराजुली ढुङ्गाना, सदस्यमा विजया काफ्ले, कल्पना शर्मा गौतम, रजिना रानाभाट, लोकमाया पराजुली, पार्वती पंगेनी र शारदा पौडेल चयन हुनुभएको छ । लेखा संयोजकमा धनिश्वर गौतम सदस्यमा खेम आचार्य र कमला गौतम चयन हुनुभएको अनुगमन समिति सदस्य कमल शर्मा गौतमले जानकारी दिनुभयो । 

यसअघि साधारण सभा समूहका अध्यक्ष कृष्णदेवी पोख्रेलको अध्यक्षता एवं देवघाटधाम महेश सन्न्यास आश्रमका पिठाधीस श्री १००८ स्वामी रमणानन्द गिरी सरस्वतीजी महाराजको प्रमुख आतिथ्यमा भएको थियो । 

कार्यक्रममा गैँडाकोट १ का वडा अध्यक्ष सुरेन्द्र रेग्मी, २ का वडा अध्यक्ष प्रकाश सापकोटा, १ का पूर्व वडा अध्यक्ष हरिप्रसाद सापकोटा, भागवत बाचिका यशोदा देवी माताजी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

समूहका उपाध्यक्ष सविना गौतमले स्वागत मन्तव्य, सह सचिव सुलोचना आचार्यले प्रगति प्रतिवेदन, कोषाध्यक्ष दानुकुमारी भण्डारी घिमिरेले आर्थिक प्रतिवेदन, सचिव प्रमिला सापकोटा तिवारी र सल्लाहकार संयोजक राधिका पाठक सापकोटाले सहजिकरण गर्नुभएको थियो ।