जनक नमुना माविको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आज

२०८० माघ २७ शनिबार ०७:१७:०० मा प्रकाशित

गैँडाकोट । जनक नमुना माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विशेष समापन समारोह आज हुँदैछ । 

नव निर्मित भवनको प्राङ्गण काँग्रेस चोकमा बिहान १० बजेपछि वार्षिकोत्सव तथा अभिभावक दिवस समापन समारोह हुने विद्यालय व्यस्थापन समितका अध्यक्ष केशवप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

जनक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक चूडामणी शर्माले वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा शैक्षिक प्रदशर्न, खेलकुदका कार्यक्रम, अभिभावक खेलकुद, फुड फेस्टिबल, शैक्षिक प्रतिवेदन प्रस्तुत, विविध साँस्कृतिक कार्यक्रम, पुरस्कार तथा सम्मान, नव निर्मित भवन समुद्घाटन, शुभकामना मन्तव्य, जलपान तथा समापनका कार्यक्रम तय गरिएको बताउनुभयो ।