गैँडाकोटका २ जना युवामाथि चितवनमा खुकुरी प्रहार

२०८० माघ २५ बिहीबार १५:२६:०० मा प्रकाशित

गैँडाकोट । चितवनको रत्ननगर नगरपालिका–१० स्थित बकुल्लर चोकमा दुईजना युवालाई अज्ञात समूहले खुकुरी प्रहार गरेका छन् । बकुल्लर चोकमा रहेको लालटिन क्याफेमा खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा नवलपुर गैँडाकोट घर भएका २५ वर्षीय सौगात सापकोटा र ३१ वर्षीय सुजन जिसी छन् । सौगातको टाउकोमा र सुजनको दुवै हातमा चोट लागेको इलाका प्रहरी कार्यालय टाँडिले बताएको छ । आक्रमणमा संलग्न आरोपीहरू फरार रहेका छन् ।

घाइतेहरूलाई उपचारका लागि एलाइभ अस्पताल भरतपुर रिफर गरिएको छ । घटनास्थलबाट प्रहरीले ब्रेजा कार बरामद गरेको छ ।